Jilla Ban Notis

वर्षाको कारण नवलपरासी जिल्लामा विपतका घट्ना बढ्न थाले ।

0 28

कृष्ण ढकाल
बर्दघाट,असार–२८

केहि दिन देखि परेको वर्षाको कारण नवलपरासी जिल्लाको प्रतापपुर–३ नन्दपुरमा दुई घर भत्किएको छ । २६ गते राती प्रतापपुर–३ नन्दपुरकी वर्ष ५० कि रामावती देवी कम्कर र ७५ वर्षीय मुनरी देवि चमारको फुसले छाएको एक तले कच्ची घर भत्किएका हुन । घर भत्किएपनि मानबिय तथा चौपायाको भने कुनै क्षेती भने भएको छैन । ,दुबै जनाको घर भत्किदा अन्जाजी १५/१५ हजारु रुपैयाको क्षेतीभएको हुनसक्ने ई.प्र.का.सेमरीले जनाएको छ ।
त्यस्तै उता
२६ गते राति देखी परेको बर्षाका कारण नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउंपालिका वडा नं. –३,कुस्मामा रहेको ताजुल ओलुम मदरसाको कम्पाउण्ड पल्टीएको छ । अन्दाजी ५ फिट अग्लो करिव १ सय ६० मिटर लामो वाल वर्षका कारण भत्किएको ई.प्र.का.अमानिगंजले जानएको छ ।
त्यसैगरी
वर्षा कै कारण नवलपरासीको पाल्हीनन्दन गाउंपालिका वडा नं.१ रमपुरवाका प्रहलाद चमारको गोठ वर्षाका कारण भत्केको सिमा प्रहरी चौकी महेशपुरले जनाएको छ । गोठभत्किदा करिव ५० हजार बराबरको क्षती भएको तर मानविय क्षेती भने केहि नभएको प्रहरी जनाएको छ ।
वर्षाकै कारण पाल्हीनन्दन गाउंपालिका वडा नं. १ शंकरपुर पनि डुबानमा परेको छ । झरही खोलाले धनेवा खोलाको पानीको बहाव रोकेपछि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । शंकरपुरमा अहिले १५ घर परिवार बाढीवाट प्रभावित भएका छन् । अहिले उनीहरुलाई शिशुवा शंकरपुर माविमा स्थानान्तरण गरीएको छ ।

यता  वर्षाकै कारण बालबालिकाहरुमा समेत प्रत्यक्ष असर परेको छ । नवलपरासीको सुस्ता गाउंपालिका वडा नं.४ नर्सहीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार सुस्ता गाउंपालिका वडा नं.४ नर्सहीका अलाउदिन अन्सारीको ९ वर्षका छोराको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
यता
नवलपरासीको प्रतापुर गाउपालिका वडा नं. २ सोनबर्षाको खजुरा खोलामा अन्दाजी एक वर्षीय बच्चाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी एक वर्षीय बच्चाको शव फेला परेसंगै त्यसवारेमा थप अनुसान्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.