Jilla Ban Notis

लुम्विनी प्रादेशिक अस्पतालबाट परिक्षणका लागि पठाईएका बिरामीहरुको रिर्पोट नेगेटिभ ।

0 28

बुटवल,चैत्र ९

बुटवलको लुम्विनी प्रादेशिक अस्पतालबाट परिक्षणका लागि पठाईएका बिरामीहरुको रिर्पोट नेगेटिभ आएको छ ।  कोरोनाको त्रास फैलिरहेका बेला रुघा खोकी र उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा उनिहरुको ¥याल परिक्षणको लागि काठमाण्डौ पठाईएको थियो । काठमाण्डौको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाईएका मध्ये ५ जनाको रिर्पोट नेगेटिभ आएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।  लुम्विनी प्रादेशिक अस्पतालका अनुसार पवित्रा पाण्डे, धु्रव तरामु, शेरबहादुर नेपाली, राजकुमार गुप्ता, र गंगे नेपालीको रिर्पोट नेगेटिभ देखिएको मेडिकल रेर्कडर सुपरभाईजर पंकज प्रसाद पटेलले बताउनु भयो ।  अस्पतालका फोकल पर्शन डाक्टर सुर्दशन थापाका अनुसार अस्पतालमा भर्ना भएको सवैको अवस्था सुधार उन्मुख छ, ५ जनाको रिर्पोट नेगेटिभ आयो उहाहरुलाई कोरोनाको कुनै संक्रमण छैन, बांकी ३ जनाको रिर्पोटको प्रतिक्षामा छौं डा थापाले भन्नुभयो ।       [ समय चक्र ]

Leave A Reply

Your email address will not be published.