Jilla Ban Notis

लागु औषध र कटुवा पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ ।

0 18

बर्दघाट,माघ–१९
नवलपरासीको भूताहा क्षेत्रबाट विभिन्न लागु औषध र कटुवा पेस्तोल सहित शनिबार विहान दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला थाना कोतवाली निवासी ४० वर्षिय नासिन अली र सोही ठांउका ३० वर्षिय धर्मेन्द्र गौड रहेकाछन् । प्रहरीले बर्दघाट ९ भूताहाको भित्री सडकमा युपि ५३ भी २५०० नम्वरको मोटरसाईकल चेकजांचका क्रममा अलीले खुट्टा मुनी मोजामा लुकाई राखेको १०.५ ईन्चीको धारिलो छुरी र गौडले साप्रामा लुकाई राखेको कटुवा पेस्तोल र त्यसको ५ थान गोली,सहित दुवै जनालाई पक्राउ गरेको हो ।
ति भारतीयको साथबाट विभिन्न परिमाणमा फेनारगन १ सय पिस, डाईजापा १ सय पिस, नेफिन १ सय पिस, ओरनेक्स ६० बोतल, फेन्सिडल २८ ओटा, लागु औषध बरामद गरी उनीहरु माथि आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.