Jilla Ban Notis

लकडाउनका बावजुत शहिद विष्णु प्रसाद पाण्डेको स्मृति दिवस मनाइयो

0 39

सुनवल,बैशाख १

सुनवल १३ बडेरामा शहिद विष्णु प्रसाद पाण्डेको १४ औँ स्मृति दिवस मनाइएको छ । विष्णु पाण्डे स्मृती प्रतिष्ठानका अध्यक्ष लोक बहादुर श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारीको विशेष उपस्थितीमा कार्याक्रम सम्पन्न भएको हो । वडाध्यक्ष थमन नेपाली, नारायण पाण्डे, शहिद विष्णु पाण्डेका दाजु लक्ष्मी पाण्डे लगायतका पारिवारीक सदस्यहरुको उपस्थितीमा १४ औँ स्मृति दिवस कार्याक्रम गरिएको थियो । विगतका बर्षहरुमा शहिद पाण्डकोे स्मृतिलाई प्रतिष्ठानले औपचारिक कार्यक्रम मार्फत सम्झिने गरेकोमा यस बर्ष भने कोरोना भाइरसको विषम परिस्थितीका कारण पारिवारिक उपस्थितीमै मनाइएको हो । शहिद पाण्डेले ६२÷ ६३ को लोकतान्त्रि जनआन्दोलनमा साहादत प्राप्त गरेका थिए । नेपालमा गणतन्त्र स्थापना साहादत प्राप्त शहिदहरुको कारणबाट भएता पनि शहिदका सपना भने अझ पुरा नभएको प्रतिष्ठानका अध्यक्ष लोक बहादुर श्रेष्ठले बताएका थिए । विष्णु पाण्डे स्मृती प्रतिष्ठान द्धारा शहिद पाण्डेको स्मृतीमा सुनवलको बनकट्टीमा १५ विघा क्षेत्रफल सहितको प्रतिष्ठान निर्माण गरेको छ । भने शहिद पाण्डेका एक श्रीमती, एक छोरा र दुई छोरी समेत रहेका छन ।

Leave A Reply

Your email address will not be published.