Sarawal sit lahar Notis

राष्ट्रिय जनमोर्चा र नेकपा ( क्रान्तिकारी माओवादी )नवलपरासीद्धारा एम.सि.सि.को विरोध

0 32

सुनवल,भदौं–२३
राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीले मंगलवार सुनवलमा एम.सि.सि. सम्झौता विरुद्धको विरोध कार्यक्रम सम्पन्न् गरेको छ । देशव्यापी विरोध कार्यक्रम अन्र्तगत आज नवलपरासी जिल्ला कमीटीले सुनवलमा विरोधको कार्यक्रम गरेको जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीले जानकारी दिनु भएको छ ।

विरोध कार्यक्रममा बोल्ने नेताहरुले अमेरिकी साम्राज्यवादले नेपाललाई आधार बनाए छिमेकी मुलुक चिनलाई घेरामा पार्ने इन्डोप्यासिफिक स्टयाटेजि अन्तर्गत रहेको धारणा राखेको बताईएको छ ।

कुलराज गौतमको संचालन रहेको कार्यक्रममा अखिल नेपाल किसान महासंघ नवलपरासीका जिल्ला अध्यक्ष जितबहादुर पौडेल, ने.क.पा.(मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा ,राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदी , रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम राना लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

वक्ताहरूले एम.सि.सि. राष्ट्रघाति सम्झौता भएको र नेपालको संविधान भन्दा माथि रहने प्रष्ट भएको कुरा जोडदिएको बताईएको छ ।

नेकपा (  क्रान्तिकारी माओवादी )  र देशभक्त जनगणतन्त्रिक मोर्चाद्धारा एम.सी.सीको विरोध


नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम।सी।सी परियोजना विरुद्ध मंगलवार बर्दघाटमा बिरोध प्रदर्शन गरेको छ । बर्दघाटको टिसिएन चोकबाट नाराजुलुस सहित निकालिएको र्यालीले हाटबजार हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
एमसिसि खारेज गर १ वैदेशिक हस्ताक्षेप बन्द गर ११ लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य एवं जिल्ला सेक्रेटरी छबिलाल खरेलले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
त्यस्तै क्रान्तिकारी माओवादी प्रदेश सदस्य क्षेत्र बहादुर थापाले एमसिसि इन्डो प्यासिफिक रणनीतिको अङग रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोसाध्यक्ष एवं प्रदेश संयोजक रवि पान्डेयले एमसिसिको बिरुद्ध सबै बर्ग समुदाय तथा पेशाका नागरिकहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता रामचन्द्र पोखरेलसनेकपा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भन्डारीले बोल्नुभएको थियो । क्रान्तिकारी माओवादिले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.