Sarawal sit lahar Notis

राष्ट्रको समग्र उन्नतिका लागि व्यवसायिक र प्राविधिक शिक्षा जरुरी( सांसद विश्वकर्मा

0 22

रुपन्देही, मङ्सिर,१६
राष्ट्रको समग्र उन्नतिको लागि व्यवसायिक र प्राविधिक शिक्षा जरुरी रहेको रुपन्देही क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनुभएको छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा परम्परागत शिक्षा प्रभावकारी नहुने बताउँदै उहाँले व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।  शैक्षिक हबको रुपमा चिनिने रुपन्देही जिल्लाका सामुदायिक क्याम्पसहरुको शैक्षिक विकासमा ठूलो योगदान रहेको बताउनुभयो । तिलोत्तमा(१६ मा अवस्थित पशुपति क्याम्पसको १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा बोल्दै विश्वकर्माले ग्रामिण क्षेत्रमा रहेर पनि उचित किसिमको गुणस्तरीय शिक्षा प्रदान गरी उच्च शिक्षाका लागि सहर पुग्नुपर्ने समस्याको न्युनिकरणमा सामुदायिक क्याम्पसहरुले ठुलो योगदान पुर्याएको बताउनुभयो । उनले शैक्षिक क्षेत्रका साथसाथै राष्ट्रको समग्र विकासका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उहाँले समृद्ध राष्ट्र निर्माणमा कुनै कसर बाँकी नराख्ने जिकीर गर्नुभयो । उहाँले सामुदायिक तथा सरकारी क्षेत्रको सामुहिक प्रयासबाट शैक्षिक क्षेत्रमा फड्को मार्न सकिने दावी गर्दै समुदायमा आधारित रहेर सञ्चालन हुने यस्ता क्याम्पसहरुलाई आवश्यकता अनुसार सहयोग गरिने बताउनुभयो । यसै सन्दर्भमा विश्वकर्माले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत पशुपति क्याम्पसको प्रशासनिक भवनका लागि रु।५० लाख विनियोजित गरिएको जानकारी दिनुभएको थियो ।
त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं।५ प्रदेश सभा सदस्य तथा अर्थ,उद्योग,पर्यटन समितिका अध्यक्ष दधिराम न्यौपानेले प्राविधिक र व्यावसायिक शिक्षाको विकासका लागि क्याम्पसले गुरुयोजना बनाई कार्य गर्दा स्थानीय सरकार,प्रदेश सरकार तथा केन्द्रीय सरकारबाट समेत पहल गरिने बताउनुभयो । यसका लागि प्रदेश सरकारले शैक्षिक विकासका निम्ति कार्यक्रमहरु तय गरेको र शैक्षिक रुपले प्रदेश नं।५ लाई अग्र स्थानमा राख्न सबैको साथ र सहयोग आवश्यकता रहने बताउनुभयो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, राममणि बहुमुखी क्याम्पसका प्रमुख मोहन राज शर्मा , वेदनारायण भट्टराई, लेखनाथ पाण्डे, क्याम्पस प्रमुख जयलाल शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सञ्चालक समितिका सदस्य लेखनाथ पाण्डेको स्वागत मन्तब्य, पशुपति कलेजका भु।पु। प्रधानाध्यापक कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षता र नारायण प्रसाद ज्ञवालीको संञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रमका बीच विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.