Jilla Ban Notis

रामग्राम नगरपालिकाद्धारा बजारअनुगमन ,म्याद गुज्रेका बस्तुहरुनष्ट

0 29

गौरीशकर जयसवाल
परासी, १७ बैशाख
नवलपरासीको रामग्राम नगरपालिकाले परासी बजारको अनुगमन गरेको छ । रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवरको संयोजक्तवमा पालिकामा गठित उपभोक्ता हकहित संरक्षण समितिको सिफारिशमा नगरपालिकाको अनुगमन समितिले बजारको दर्जनबढि किराना पसलहरुको अनुगमन गरेको हो ।
कोभिड–१९को बढदो माहामारीको अवसर छोपी पसले व्यपारीहरुले विभिन्न सरसमानको कालोबजारी गर्न सक्ने, बढि मुल्यमा सामान बेच्न तथा म्याद गुज्रेको सरसामान बेच्न सक्ने सम्भावना बढि देखिएकोले नगरपालिको अनुगमन समितिले आज शुक्रबार बजार अनुगमन गरेको हो । अनुगमन समितिले आज शुक्रबार किरानाका पसलहरुमा मात्र छडके अनुगमन गरेको हो भने भोलीका दिनमा अनुगमन कार्यलाई निरन्तता दिदै फरक–फरक प्रकृतिका पसल तथा व्यवसायहरुको पनि अनुगमन गरिने अनुगमन समिितका संयोजक रम्भा कुवरले बताईन । अुनगनमा पसल तथा व्यवसायको दर्ता र नवीकरण, बस्तुहरुको म्याद, मुल्य सुची, खरिद विक्रीको बिल बिजक र कर तिरे नतिरको विषयलाई केन्द्रित गरि अनुगमन गरिएको नगरपालिका उप प्रमुख तथा अनुगमन समिति संयोजक कुँवरले जानकारी दिईन । अनुगमन समितिका संयोजक कुँवरले अखाद्यय बस्तु विक्री गरि उपभोक्ताहरुको स्वास्थ्य संग खेल्वाड नगर्न र माहामारीको अवसर छोपी सरसमानाको कालोबजारी समेत नगर्न पसले व्यवसायीहरुलाई आग्रह गरेका थिईन ।
अनुगमनमा समितिले विभिन्न पसलहरुबाट म्याद गुज्रेको बिस्कुट, मसला, फेन्टा, मजा, ब्रेड र जन्कफुडका आईटमहरु बरामद गरि नष्ट पनि गरेको छ । त्यस्तै अनुगमनमा दर्ता नभएको पसलहरुलाई दर्ता गराउन, नवीकरण नभएकालाई नवीकरण गराउन, मुल्य सुची तोक्न, अखाद्यय बस्तु विक्री वितरण नर्गन, बिलबिजक सुरिक्षत गर्न र सामाजिक दुरी समेत कायम गराई मालबस्तु विक्री वितरण गर्न समितिले आग्रह समेत गरेको छ ।

बजार अनुगमनमा नगर उप प्रमुख एवं अनुगमन समितिका संयोजक रम्भा कुँवर, रामग्राम नगरपालिका आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेल, पशु शाखा प्रतिनिधि गोविन्द पौडेल, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय प्रहरि निरिक्षक रामप्रसाद पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधि मनोज कुमार चौधरी, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रिय सदस्य रामजी ज्ञवाली, मंचका नगर अध्यक्ष यम कुमारी सुबेदी र जिल्ला प्रहरी तथा नगर प्रहरीको टोली रहेको आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेलले जानकारी दिईन ।

Leave A Reply

Your email address will not be published.