Jilla Ban Notis

रामग्राम जेसीजद्धारा महिलाहरुलाई सिलाई मेसिन प्रदान ।

0 28

गौरीशंकर जयसवाल

परासी ९ असार

रामग्राम जेसीज परासीले एकल महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा रामग्राम जेसीजले उक्त सिलाई मेसिन हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमको बिच रामग्राम जेसीजका बर्ष २०२०का अध्यक्ष सन्दीप अग्रहरीले मानव अधिकारको लागि एकल महिला समूहकी अध्यक्ष बिष्णु थापालाई सिलाई मेसीन प्रदान गरेका थिए । एकल महिलाहरुको कोही सहारा नभएको बेरोजागारीलाई स्वारोजगारी बनाउने र एकल महिलालाई जिवीकोपार्जनमा थप मदत पुग्ने उदेश्यले उक्त मेसिन प्रदान गरिएको जेसीजका अध्यक्ष अग्रहरीले बताए ।उनको अनुसार एकल महिला समूहलाई १५ हजार पर्ने मुल्य बराबरको सिलाई मेसिन प्रदान गरिएको बताए । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उद्योग बाणिज्य संघ परासीका कार्यवहाक अध्यक्ष ओमप्रकाश अग्रहरीले जेसीजले युवाहरुको क्षमता बृद्धि समाज अगाडी युवाहरुलाई बढाउनमा महत्वपूर्ण भूमिक रहेको र सामाजिक क्षेत्र गरेको कार्य प्रशसनिय भएको बताए । उनले जेसीजले सामाजिक क्षेत्रमा योदान कदर गदै जेसीजलाई समाजिक क्षेत्र कार्यमा आवश्यक पर्ने आर्थिक सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धाता ब्यक्त गरेका थिए । जेसीजका पूर्व अध्यक्ष एव नेपाल पत्रकार महासंघका सचिव राजकुमार रेश्मीले जेसीजले गरेको सामाजिक क्षेत्रमा कार्य प्रशासनिय रहेको भन्दै जेसीजको रचनात्मक कार्यले समाजमा पिछाडिएका वर्गाहरुलाई जिवनउकास्नमा मदत पुग्ने बिश्व ब्यक्त गरेका थिए । कार्यक्रममा रामग्राम जेसीजका महासचिव चन्द्रमणी चौधरी, पत्रकार गौरीशंकर जयसवाल,कार्यक्रम संयोजक सुनिता श्रेष्ठले लगायतले मन्तव्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.