Jilla Ban Notis

रामखण्डा पुलको रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताद्वारा समुद्घाटन ।

0 27

गौरीशंकर जयसवाल

परासी, २४ माघ
रामग्राम नगरपालिका वडा १० मा नवनिर्मित रामखण्डा पुलको उद्घाटन गरिएको छ । उक्त रामखन्डा पक्कीपुलको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका हुन । पुलको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नवनिर्मित पुलको प्रयोगले स्थानीयहरु प्रत्यक्ष फाइदा लिने बिश्वास व्यक्त गरे ।
उक्त पुलको निर्माणले स्थानीयले घुमाउरो बाटो प्रयोग गर्ने बाध्यता हटेको भन्दै नगर प्रमुख गुप्ताले सो पुल मार्फत स्थानीयहरु सहजै आवत–जावत गर्ने र कृषिको कार्यमा निकै सहज हुने बिश्वास व्यक्त गरेका थिए ।

स्थनिय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको ७० प्रतिशत रामग्राम नगरपालिकाको ३० प्रतिशत गरिकुल १ करोड २१ लाख ६८ हजारमा उक्त पुल निर्माण भएको नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिएका छन। १८ मिटर लम्बाई र ८ मिटर चौडाइमा रहेको उक्त रामखण्डा पक्की पुलको निर्माण ठेक्का पालुस्थान निर्माण सेवा सरावल नवलपरासीले जिम्मा पाएको थियो ।

उक्त पुलको पुर्बपश्चिम गरि करिब २ मिटर मिटर बाटो पनि बनाइ ग्रावेल गरिएको छ भने पुलको वारीपारी साइड्मा तटबन्ध पनि निर्माण गरिएको छ् । लामो समयपछि उक्त रामखन्डा पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन। स्थानीयहरु उक्त पुलको प्रयोग मार्फत आवत जावत गर्न र कृषिको कार्यमा निकै सहज हुने भएको स्थानीय गंगा पासीले बताएका छन ।

पुल नहुदा स्थानीयहरु सदरमुकाम पुग्न र विद्यार्थीहरु पाल्हि बहुमुखी क्याम्पस पुग्न ४ किलोमीटर दुरी तय गर्न पथ्र्यो तर यस पुल निर्माणले उक्त बाध्यता हटेको वडानं १० का स्थानियाबसी घनश्याम मल्लले बताए । कार्यक्रममा समयमा पुल निर्माण गरेका पालुस्थान निर्माण सेवाका प्रोपराइटर यम प्रसाद भुसाललाई नगरपालिकाले सम्मान पनि गरेको छ।

त्यसैबीच स्थानीय गंगा पासीलाई पनि योगदान गरेबापत नगरपालिकाले सम्मान गरेको छ। कार्यक्रमका वडान १० वडाअध्यक्ष धर्म प्रसाद गुप्ता, अध्यक्षतामा भएको कार्यक्रम नगर उपप्रमुख रम्भा कुँवर, नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी, वडा ४ का अध्यक्ष मदन यादब, वडा ९ अध्यक्ष सुनिल पाठक, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायण सुवेदी, उद्योग बाणिज्य संघका महासचिव गिरिराज पाण्डे, नागरिक समाजका पुर्ब अध्यक्ष सम्भु प्रसाद उपाध्याय नगरपालिका लेखापाल सन्जय शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Leave A Reply

Your email address will not be published.