Sarawal sit lahar Notis

राजा पूर्णभद्र मा.बि.भौतिक संरचनाको मात्र नमुना ः नगर प्रमुख श्रेष्ठ

राजा माहात्मा पूर्णभद्र माबिको शिक्षक अभिभावक संघको अध्यक्षमा शत्रुधन चौधरी

0 228

कृष्ण ढकाल
बर्दघाट,भदौं–९
बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा माहात्मा पूर्णभद्र माबिको आज भएको अभिभावक भेलाले सर्बसम्वत रुपमा शिक्षक अभिभावक संघ गठन गरेको छ ।
बर्दघाट १० का शत्रुधन चौधरीको अध्यक्षतामा ८ सदस्य शिक्षक अभिभावक संघ गठन भएको हो । जस्को सदस्यहरुमा सरावल–१ वाट रुपा बस्याल,भुताहा चाँपीवाट लक्ष्मी पराजुली,बर्दघाट ११ वाट तिर्थराज फौजदार,बर्दघाट ९ वाट शान्ति वि.क. लामिछाने र गोपाल चौधरी,बर्दघाट ८ वाट पृथ्वीराज चौधरी र अशोक पाण्डे रहनु भएको छ ।

अध्यक्ष पदका लागि दावि गर्नु भएका जितबहादुर थारु,भिमप्रसाद न्यौपाने,श्यामबहादुर थापा,बसद्धिप्रसाद पाण्डे र विष्णु चापागाईले आफ्नो अध्यक्ष पदको दावी र्फिता गरेपछि शत्रुधन चौधरी सर्वसम्वत अध्यक्ष हुनुभएको हो ।

राजा माहात्मा पूर्णभद्र माबि ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले राजा पूर्णभद्र माबि भौतिक संरचनाका हिसाबले नमुना माबि भएको भएपनि शैक्षिक गुणस्तरमा नाजुक रहेको बताउनु भएको थियो ।

पटक–पटक बिद्यालयको आर्थिक र प्रशासनिक पक्षका वारेमा प्रश्न उठीरने र बिद्यार्थीहरुको संख्या घट्दै जाने भएपछि अब शिक्षकहरु मात्र थुपारेर केहि नहुने बताउनु भएको थियो । अबपनि त्यसलाई सच्चाएर पारर्दशी हुदै कुसल प्रशासन संचालन गर्ने र बिद्यार्थीहरु बढाउन नसके बिद्यालयलाई माबिबाट निमाबिमा झार्नुको विकल्प नरहेको धारणा राख्नु भएको थियो ।

त्यसैगरी उप प्रमुख रुद्र प्रकाश उपाध्यायले काम गर्ने सवालमा कहि कतै गल्ती हुनेहुदां गल्तीलाई सच्चाएर अघिबढनु नै महानता हुने धारण राख्नु भएको थियो ।

त्यस्तै नगर प्रवक्ता सन्तु गाहाले बिद्यार्थीहरुको भबिष्यमाथी खेलवाड गर्ने काम कोहि कसैवाट पनि हुन नहुने भन्दै सबै मिलेर बिद्यालय बनाउन तर्फ लाग्न सबैसंग आग्रह गर्नु भएको थियो ।

अभिभावक भेलामा बोल्दै सामाजिक विकास समितिका संयोजक भिम बहादुर गुरुङले विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा नेतृत्व परिवर्तन भैरहे पनि प्रशासनको जिम्मा लिएको ब्यीक्तले नियमित गर्नु पर्ने सामाजिक लेखा परिक्षण किन नगरेको ? भन्दै प्रश्न गर्नु भएको थियो ।

कार्यक्रममा वडासदस्य बालेन्द्र बिक्रम शाही,अभिभावक कृष्ण गिरी लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.