Jilla Ban Notis

रमवापुर मावि सुनवलले नमुना मन्टेश्वरी संचालन गर्दै ।

0 23

सुनवल, ८ पुस

पश्चिम नवलपरासीमा एक सामुदायिक बिद्यालयमा पहिलो पटक मन्टेश्वरी कक्षा संचालन हुने भएको छ। सुनवल नगरपालिकाको वडानं ४ स्थित रहेको रमवापुर माविमा जिल्लाकै पहिलो सामुदायिक विद्यालयमा मन्टेश्वरी संचालन हुने भएको हो । बिद्यालयले सामुदायिक विद्यालय रमावापुर मा.वि ले जिल्लाकै नमुना मन्टेश्वरी बन्ने समेत दाबी गरेको छ । करिव २ सय क्षमताको बन्ने मन्टेश्वरीले यस क्षेत्रका निजि शैक्षिक संघसस्थाहरुलाई समेत चुनौति दिने मन्टेश्वरी कक्षा संचालन हुने बिद्यालयले जनाएको छ । नेपालकै पहिलो बालमैत्रि सुनवल नगरपालिका भित्र नगरपालिकाकै उद्देश्य अनुरुप वुटवलमा रहेको मारिया मन्टेश्वरीसंग समन्वय गरेर मटेरश्वरीको अवधारणालाई अगाडि बढाइएको विद्यालयका प्रध्यनाध्यापक हुमनाथ सुवेदीले जानकारी दिए । मटेरश्वरी कक्षा संचालनका लागि सुनवल नगरपालिकको वडा नम्वर ४ ले १० लाख वजेट दिएको र अहिले मन्टेश्वरी सम्बन्धी काम धमाधम भैरहेको सुबेदीले बताए । सामुदयिक विद्यालयहरुमा तल्लो तहमा विद्यार्थीहरुको संख्या ज्यादै न्युन हुने भएकाले त्यसको कारण र असर पत्ता लागई सामुदायिक विद्यालयहरुमा तल्लो तहमा विद्यार्थीको हेरचाहा, पढाईमा गुणस्तरता, अग्रेजी शिक्षा , संस्कार साथै सरसफाइलाई मध्यनजर गर्दै मन्टेश्वरीको अवधारण अगाडि वढाइएको विद्यालयका प्रध्यनाध्यापक हुमनाथ सुवेदीले जानकारी दिए । पढाईमा गुणस्तरता संगै सस्तो र सुलभ तलिरकाले यस अगाडी नै एस ई ई दिने विद्यार्थीहरुको लागी होस्टेलको व्यवस्था गरेको विद्यालयले जिल्ला मा प्रथम र सत प्रतिशत परिणाम निकाल्न सफल भएको विद्यालयले ग्रो वइथ गोलो ९न्चयध धष्तज नयिध० को कअवधारण अनुसार मन्टेश्वरीलाई अगाडि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क वस्नेतले बताए । आउदो सरस्वती पुँजा देखि मन्टेश्वरीको संचालन गर्ने तयारीमा रहेको रमवापुर माविले मन्टेश्वरीका लागी चाहिने सवै संरचना निमार्णलाई अन्तीम अवस्थामा पु¥याएको छ भने आउने सरस्वती पुजा देखि मन्टेश्वरीको कार्यक्रम संचालन हुनेअध्यक्ष बस्नेतले बताए ।

Leave A Reply

Your email address will not be published.