Jilla Ban Notis

यूरिया मल पैंचोवाट पछि हट्यो बंगलादेश ।

0 28

कात्तिक–१६
नेपाललाई यूरिया मल पैंचो दिने भनेको बंगलादेशले अब नदिने भएको छ । दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले बताएको छ ।

नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको सरकारी अधिकारीहरुले बताएका छन् । ‘मल ल्याउने मोडालिटीबारे दुई देशबीचमा यसअघि भएको समझदारीअनुसार अघि बढ्न सकिएन अब नेपालले बंगलादेशसंग मल किन्नु पर्ने भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका अधिकारीले बताएका छन् । अनलाइखबरवाट

Leave A Reply

Your email address will not be published.