Sarawal sit lahar Notis

मेलान नवलपरासीले स्थापना दिवस मनायो ।

0 25

जिवन न्यौपाने
बर्दघाट,जेठ–२६
मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल [मेलान ] को १७ औ स्थापना दिवसका अवसरमा चिसापानी अस्पतालका प्रयोगशाला कर्मीहरुले विरामीहरुलाई फलफूल वितरण गरेका छन् ।

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको चिसापानी अस्पतालका प्रयोगशाला कर्मीहरुले आज १७ औ स्थापना दिवसको अवसर पारेर फलफुल बितरण गरेको मेलानका निबर्तमान अध्यक्ष प्रकाश आचार्यले बताउनु भएको छ ।

 

फलफूल वितरण कार्यक्रममा बर्दघाट नगरपालिका अन्तर्गत चिसापानी अस्पतालमा कार्यरत निबर्तमान जिल्लाअध्यक्ष प्रकाश आचार्य , अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पवन अग्रहरी र साथ मा चिसापानी अस्पतालमा मा कार्यरत प्रयोगशाला कर्मीहरुको सहभागिता रहेको थियो ।

उनीहरुले अस्पतालमामा भर्ना भएका बिरामीहरु तथा अस्पतालमामा सेवा लिन आएका जेष्ठ नागरिकहरुलाई फलफूल बितरण गरेका हुन ।

Leave A Reply

Your email address will not be published.