Jilla Ban Notis

माघ २५ देखी सुस्तामा मदारबाबा मेला शुरु

0 163

गोपी ज्ञवाली
सुनवल,माघ–२२
हिन्दु एवं मुसलमान दुबै समुदायको साफा तिर्थ स्थलको रुपमा रहेको नवलपरासीको मदरबाबा मेला आगामी शुक्रवार देखी शूरु भएको छ ।  हिन्दु एवं मुस्लिम धर्मावलम्बिहरुको साझा रुपमा आस्थाको केन्द्र वनेको नवलपरासीको मदारबाबा धार्मिक मेला आगामी शुक्रबार देखि शुरु भएको छ । पुर्वी र पश्चिमी नवलपरासीको सिमाना दाउन्ने पहाडमा लाग्ने उक्त मेला माघ २५ गते देखि शुरु भएर फागुन ५ गते सम्म चल्ने मदरबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्धिन अंंसारीले बताउनु भएको छ । मेलामा नेपाल तथा भारतबाट लाखौंको संख्यामा हिन्दु र मुस्लिम दुबै धर्मका धमावलम्बिहरु मदारबाबाको मेलामा आउने गर्दछन ।

दुई वर्ष कोरोनाका कारण मदरबाबा लगाउनबाट प्रसाशनले रोक लगाएको अवश्थामा यस वर्ष मौसम र स्वाश्थ्य अवश्था समेतमा सुधार भएको अवश्थामा मेला ब्यवास्थापन समितीले मेलाको तयारी सम्पन्न गरी सकेको मदरबाबा मजार संरक्षण संस्थाका अध्यक्ष अंंसारीले बताउनु भएको छ । एक हप्ता सम्म चल्ने मदारबाबा मेलामा नेपाल र भारतबाट गरि करिब १५ लाख दर्शनार्थी मदारबाबा मेलामा आउने अनुमान गरिएको छ ।
नवलपरासी सुस्ता गाँउपालिकाको महलबारीमा बजार देखी १० किलोमिटर उत्तरको दान्नेको पहाड भागमा रहेको मदरबाबाको मजार क्षेत्रमा लाग्ने मेला एक हप्ता सम्म संचालनमा अउने छ । नेपलाबाट भन्दा पनि भारतका विभिन्न स्थानबाट आउने हिन्दु एवं मुसल्मान दुनै धर्मका धर्मावलम्बीहरुले यो मेलास्थल ७ दिन सम्म खचाखच भरिने गरेको छ ।
मेलामा ठुलो संख्यामा भक्तजनहरु आउने भएकाले मेला ब्यावस्थापन समितीले यस क्षेत्रको सरसफाई, शौचालय, स्नान गृह, बासस्थान, पैदल हिडेर जानु पर्ने पहाडी भाग (जंगलको क्षेत्र) मा खाने पानीको ब्यावस्था लगाएतका पुर्वाधारहरुको ब्यवास्था मिलाएको बताईएको छ । दाउन्ने डाँडाको तल्लो भाग महलबारी बजार देखी करिब ४ घण्टाको पैदल यात्रा पार गरि मदारबाबाको मजारमा पुगिन्छ । मदारबाबाको मजारमा पुगी हिन्दु मुस्लिम दुबै सम्प्रदायका मानिसहरुले बाबाको मजारमा चादर चडाउने, प्रार्थना गर्ने, आफनो आवश्यकता अनुसार भक्कल गर्ने, भक्कल पुरा भएकाले विभिन्न बस्तुहरु चडाउने लगाएतका काम गर्ने गर्दछन ।

Leave A Reply

Your email address will not be published.