Jilla Ban Notis

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गर्दै ।

0 17

२२ वैशाख,
माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताउनु भएको छ।

माओवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

Leave A Reply

Your email address will not be published.