Jilla Ban Notis

महिला आधारभुत तथा कानूनी अधिकार सम्बन्धि दुईदिने तालिम परासीमा सुरू

0 24

गौरीशंकर जयसवाल
परासी १२ चैत्र
महिला आधारभुत तथा कानूनी अधिकार सम्बन्धि दुईदिने तालिम सुरू भएको छ । रामग्राम नगरपालिकाको आर्थिक सहयोग तथा नमुना महिला समाज नवलपरासीको आयोजनामा उत्त तालिम सचालन गरिएको हो । दुईदिने सम्म तालिमको चल्ने तालिमको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उदघाटन गरेका छन ।
तालिमको उदघाट गदै नगर प्रमुख गुप्ताले स्थानीय तह अएपछि ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको नेतृत्व क्षमता बिकासमा गर्नका निम्ति बजेट बिनियोजन गरि नगरपालिका अगाडि बढेको बताए । उनले ४१प्रतिशत महिलाहरूको रामग्राम नगरपालिकामा प्रतिनिधित्व गरिरहेको बताउदै सख्य भन्दा गुणत्मक सहभागिता हुन जरुरी रहेको बताए ।
नगरले वडा वडामा महिलाहरूको क्षमता बृद्वि नेतूत्व बिकासको तालिम नै छुट्टयाइएको र त्यो कार्यक्रमहरू सचालन भईरहेको गुप्ताले बताए । नमुना महिला समाजकि अध्यक्ष सरिता पौडेलको अध्यक्षयतामा भएको उदघाटन तालिममा वडान १ वडाध्यक्ष रूद्रप्रसाद उपाध्यय,वडान ३ का वडाध्यक्ष सुरज पाण्डे ,वडान ५ वडाध्यक्ष बिनोद कुवँर, वडान ६ का जितेन्द्र अग्रहरि लगायतले धारण राखेका थिए ।
तालिमको पहिलो दिन सबिधानमा महिलाको अधिकार,फौजदारि देवानि सम्बन्धि अधिवत्ता सरस्वती शर्माले प्रशिक्षण दिनुभएको थियो ।तालिमा रामग्राम नगरपालिका भित्रका २५ महिलाहरूको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.