Jilla Ban Notis

महिलाहरुका सवालमा भएको उपलब्धिलाई संस्थागत गर्न सकिएन ः सिन्धु जलेसा

दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्थाद्धारा मृगौला पिडितलाई १०/१० हजार रुपैया आर्थिक सहयोग

0 26

कृष्ण ढकाल
बर्दघाट,फागुन–२४
इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठीन संघर्ष र बलिदानीका कारण भएको उपलब्धिलाई अझै पनि संस्थागत गर्न नसकिएको संविद्यान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले बताउनु भएको छ ।
१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा बर्दघाट नगरपालिकाले आयोजना गरेको अन्तर क्रियात्मक कार्यक्रमलाई सम्बोधनगर्दे संविद्यान सभा सदस्य बुढाथोकीले उक्त कुरा बताउनु भएको हो । उहांले उपलब्धिहरु व्यवहारमा पूर्ण रुपमा लागुहुन नसक्दा महिलाहरु अझैपनि हेपिन र आफ्नो अधिकारवाट बन्चित हुनुका साथै निर्णायक तहमा उचीत पहुच नभएको बताउनु भएको थियो । सबै निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न , विभिन्न रुपमा रहेका महिला हिंसा अन्त्य गर्न र परम्परागत कुरीतिहरु अन्त्य गर्न अझैपनि महिला एक हुनुको अर्काे विकल्प नरहेकोमा जोड दिनु भएको थियो ।

बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलको अध्यक्षा र संविद्यान सभा सदस्य सिन्धु जलेसाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर उप प्रमुख पौडेलले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने धारणा राख्नु भएको थियो । त्यसैगरी उहांले परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिनुभयो । पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उहाँले राज्यले बनाएका नीति/नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी बर्दघाट नगरपालिकाले लैङ्गिकमैत्री नगरपालिका बनाउने तर्फ आफ्ना कार्यक्रमहरु केन्द्रीत गरेको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा अधिवक्ता सरस्वती शर्माले महिला हक अधिकार र नितिगत कुराका वारेमा आफ्नो कार्यपत्र प्रस्तुत् गर्नु भएको थियो । त्यसैगरी रिक्सा चालक महिला हरिकला सिंञ्जाली,मजदुर युनियनकी हेमा चौधरी लगाएतका महिलाहरुले आ–आफ्नो कार्यक्ष्ँेत्रका महिलाहरुको कारुणीक अवस्थाका वारेमा जानकारी गराएका थिए ।

दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्थाले मृगौला पिडित पार्वती पाण्डे र तोप कुमारी चौधरीलाई जनही १०/१० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

बर्दघाट नगरपालिकाको महिला ,बालबालिका तथा जेष्ठ नागरीक शाखाकी प्रमुख अप्सरा सुवेदीको संचालनमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेधराज पाध्य,स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली लगाएत नगरका विभिन्न संघ संस्था तथा कार्यालयका पदाधिकारी एवं प्रतिनिधिहरु र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.