Jilla Ban Notis

महिलालाई स्वरोजगार बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण

0 35

तिलोत्तमा, २७ कात्तिक ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का वडाअध्यक्षले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले सीपलाई सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न सकिने उल्लेख गर्दै तालिम केवल तालिमका लागि मात्र लिन नहुने बताए । सीप सिकेर आत्मनिर्भर र स्वरोजगार बन्न सकेमात्रै तालिमको उपयोगिता सार्थक हुने उनले बताए । तिलोत्तमा वडा नम्बर ५ का वडाअध्यक्ष चेतनारायण भण्डारीले महिलाहरुलाई आयआर्यजनमा लगाउन नगरपालिकाले पनि सहयोग गरिरहेको भन्दै सीप सिकेर व्यवसाय गर्न चाहनेलाई न्यून ब्याजदरमा बीउ पुँजीको व्यवस्था नगरपालिकाले गरिदिने बताए । वडा नम्बर ९ का वडाअध्यक्ष नाराया न्यौपानेले खाली समयलाई सदुपयोग गरेर सीपमुलक तालिम प्रदान गर्दा महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।  कार्यक्रममा बोल्दै एनएमबी बैंकका संस्थापक एवं समाजसेवी रोमणिप्रसाद पाठकले सीपमूलक तालिम लिएपछि व्यवहारमा त्यसको उपयोग हुनुपर्ने भन्दै व्यवसाय गर्न चाहनेलाई पैसाको अभाव नहुने बताए । बैंकका प्रदेश पाँच कार्यालयका प्रमुख सुरेन्द्रमान महर्जनले बैंकले सामाजिक क्षेत्रमा पनि आफूलाई अग्रणी बनाएको उल्लेख गर्दै महिलाहरु स्वरोजगार भएमात्रै आर्थिक समृद्धिको नारा सार्थक हुने बताए ।
बैंकका प्रदेश प्रवन्धक कमल न्यौपानेले बैंकले सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउँदै आएको भन्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वको क्षेत्रलाई अझ बिस्तार गरेर लैजाने बताउनुभयो । बैंकका मणिग्राम शाखा प्रमुख युवराज पाठकले स्थानीय सरकारसँगको सहकार्यमा महिलाहरुलाई तीन महिने सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरिएको भन्दै आगामी दिनमा तालिम लिएका महिलाहरु व्यवसायी बनेको हेर्न चाहेको बताए । कार्यक्रममा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र पाण्डे, व्यावसायिक तालिम प्रशिक्षण केन्द्र मणिग्रामकी संयोजक सुनिता कार्कीलगायतले तालिमलाई फलदायी बनाउन सबैलाई आग्रह गरेका थिए । तालिममा तिलोत्तमा वडा नम्बर ५, ६ र ९ का ३० जना महिला सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.