Jilla Ban Notis

मकवानपुर उद्योग बाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत ।

व्यबसायिक समस्या समाधानकालागि सहकार्यमा छलफल

0 27

बुटवल, २ मंसिर

संस्थागत भ्रमणकालागि आएको मकवानपुर उद्योग बाणिज्य संघको टोलीलाई बुटवल उद्योग बाणिज्य संघले सोमबार बुटवलमा स्वागत गरेको छ । स्वागतका क्रममा मुलुकको अर्थतन्त्रमा प्रभावपार्ने नीजि क्षेत्रको बिकासकालागि उत्पन्न भएका समस्या तथा अवसर र दुई संघबिचको सहकार्यमा छलफल भएको थियो । मकवानपुरबाट आएको टोलीलाई संघमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनादेखि हालसम्मको बिकास क्रम, संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेका सामाजिक योगदान तथा उद्योगी व्यबसायीका समस्या समाधानमा संघले गरेका पहलकदमीहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले व्यबसायिक समस्या समाधानकालागि दुई संघबिच सहकार्यकालागि बुटवल तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।त्यस्तै मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुर उद्योग बाणिज्य संघको बारेमा संक्षिप्त जानकारी गराउँदै बुटवलले जस्तै मकवानपुरले पनि सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी गराउनु भएको थियो ।दुबै संघका अध्यक्षहरुले स्थानीय स्तरमा जनप्रतिनीधि नहुँदा स्थानीय तहले गर्ने काम गरेपनि अहिले सरकारी निकायबाट अपहेलित हुनु परेको गुनासो गर्नुभएको थियो । त्यस्तै उहाँहरुले ढुवानीमा अनलाईन ट्रयाकिङ सिष्टम लगायतका बिषयमा नेपाल बाणिज्य महासंघ चुक्दा जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई समस्या परेको बताउनु भएको थियो ।कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले महासंघमा महासंघमा व्यक्तिवादी चरित्र हावी भएका कारण नेतृत्व स्वत कमजोर भएको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा ऐत तथा ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणालीमा महासंघले म्याण्डिडेट एउटा दिएको र निर्णय अर्कै भएर आएको उल्लेख गर्नुभयो ।त्यस्तै महासंघका सदस्य तथा मकवानपुरका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले बुटवलको मकवानपुरको सम्बन्ध र सामिप्यता पुरानो भएको स्मरण गर्दै दुई संघबिच भावनात्मक सम्बन्ध र एकता कायम राख्दै अंगाडी बढ्नु पर्ने औंल्याउनु भयो । स्वागत कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष माधव रिजाल, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, सचिव कमलप्रसाद पौडेल लगायतले भनाई राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.