Jilla Ban Notis

भोली देखि बर्दघाट नगरक्षेत्रका सबै विद्यालय बन्द ,कक्षा ११ को परिक्षा संचालन हुने ।

0 66

कृष्ण ढकाल
बर्दघाट,असोज –२७
बर्दघाट नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले आज एक सुचना जारी गरी अर्काे सुचना जारी नगर्दा सम्मका लागि नगरक्षेत्रका सबै विद्यालयहरु बन्द गर्न निर्देशन गरेको छ ।
नवलपरासी जिल्लामा गत १ गते देखि विद्यालयहरु ले संयमितहुदै पढनपाठन शुरु गर्न नपाउदै नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरका सबै विद्यालयहरु फेरी वन्द गर्नु परेको बर्दघाट नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ईन्द्र बहादुर कुवंरद्धारा आज जारी गरेको सुचनामा उल्लेख गरीएको छ ।
असोज २८ गते बुधबार देखी लागु हुनेगरी अर्को सुचना जारी नभए सम्मका लागि नगरका सबै विद्यालयहरुमा सिकाई सहजीकरण स्थगित गर्न निर्देशन गरीएको हो । तर विद्यालयमै उपस्थित भएर गराईने सिकाई सहजीकरण बाहेक अन्य बैकल्पिक विधीबाट भने शिक्षण सिकाई वा सहजीकरण गर्ने ब्यबस्थालाई भने निरन्तरता दिन सकिने कुरा उल्लेख गरीएको छ । कक्षा ११ को परिक्षा यथावत रुपमा नै संचालन गर्न सकिने सो सुचनामा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.