Jilla Ban Notis

भूतपूर्व विद्यार्थीहरुद्धारा सरस्वती माविलाई माक्स प्रदान ।

0 20

फूलकुमारी
बर्दघाट,मंसीर १४
बर्दघाट नगरपालिका वडानंम्वर–१४ धर्मवस्तीमा रहेको सरस्वती माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले विद्यालयलाई १ हजार १ सय थान माक्स प्रदान गरेका छन । धर्मवस्तीका स्थानिययुवाहरू हरि जि.सी., सागर बि.क. र सफल जि.सी.ले उक्त माक्स विद्यालयका प्र.अ. सोमनाथ अधिकारीलाई हस्तान्त्रण गरेका थिए ।

कोभिड–१९ का कारण विद्यालयमा विद्यार्थीहरुलाई सहज रुपमा पठन–पाठन गर्ने वातावरण नभएको अवस्थामा विद्यालयमा आउने विद्यार्थीहरुलाई स्वास्थ्य मापदन्ड पुरागर्न सहयोग पुगोस भन्ने हेतुले आफुहरुले उक्त माक्स विद्यालयलाई प्रदान गरेको युवाहरुले बताएका छन् । उनीहरुले सक्नेले गरीव तथा विपन्नहरुका लागि आफु सक्दो सहयोग गरेर समाजका मानिसहरुको दुःखमा साथ दिने बानीको विकास हुन जरुरी रहेको भन्दै आफुहरुले अबका दिनमा आफ्ना फजुल खर्च कटाएर त्यसवाट बच्ने रकमले गीवर तथा असाहायहरुलाई सहयोग गर्न बताएकाछन् ।

Leave A Reply

Your email address will not be published.