Jilla Ban Notis

भुमहीमा रक्तदान कार्यक्रम सप्पन्न।

0 22

बिपि ढकाल
भुमही,साउन –२४
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ,नगर समन्वय परिषद सुनवलको सह(आयोजनामा आज भुमहीम रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।
नेपाल आदिवासी महासंघ जिल्ला समन्वय परिसद नवलपरासीका अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती युवा महासंघ संघिए परिषद प्रतिनिधि मिलन गुरुङ,नेपाल आदिवासी महिला महासंघ प्रदेश नं।५ को कोषाध्यक्ष डोलकुमारी चौधरी लगाएत जिल्ला र नगरका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा २२ जना पुरुष र ५ जना महिला गरि २७ जनाले रक्तदान गर्नुभएको थियो । जम्मा भएको रगत नेपाल रेडक्रस सोसाइटी परासी शाखामा लगिएको छ । सो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद नवलपरासीका सचिव मनबहादुर थापाले संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.