Jilla Ban Notis

भुताहामा रक्तदान कार्यक्रम सम्पन्न ।

0 26

रामु भुसाल
बर्दघाट,असोज–१७
नेपाल रेडक्रस सोसाईटी उपशाखा पञ्चनगर पश्चिम नवलपरासीको आयोजना र नेपाल संयुक्त भुतपुर्व सैनिक कल्याणकारी संस्था बर्दघाट–९, को सहकार्यमा शनिबार भुताहामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वलाई अक्रान्त बनाईरहेको कोरोना महामारी को अवस्थामा अस्पतालहरुमा रगतको अभाव भएको हुदा रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी नवलपरासी को प्राविधिक सहयोग र टिम नेपो नवलपरासीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । टिम नेपोको जिल्ला अध्यक्ष प्रमिला पौडेलको अध्यक्षता, बर्दघाट– ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेको टिम नेपोकी जिल्ला उपाध्यक्ष अम्बीका अधिकारीले जानकारी दिनु भएको छ । https://www.youtube.com/watch?v=b-LBDVsdpzo&t=1s

Leave A Reply

Your email address will not be published.