Jado Notish Bardaghat

बिद्युत ट्रान्र्फमर जडान भएपछि अस्पतालको दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरण संञ्चालनमा आयो ।

0 32

गौरीशंकर जयसवाल

परासी, १२ पुस

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र अस्पतालमा अत्यावश्यक उपकरणहरु संचालनमा आएको छ । रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा विद्युत ट्रान्र्फमर जडान भएपछि अस्पतालका उपकरणहरु संञ्चालनमा आएका्े हो । विद्युत ट्रान्र्फमर जडान भएपछि अस्पतालमा दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरणहरु समेत संञ्चालनमा आएको पृथ्बी चन्द्र अस्पताल परासीले जानएको छ । अस्पतालमा दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरण संञ्चालनमा नआउदाँ अस्तपताल आउने बिरामीहरु बाहिर क्लिनिक जाँच गराउन जानुपर्ने बाध्यता रहेको थियो । तर रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा विद्युत ट्रान्र्फमर जडान भएपछि र अस्पतालको अत्यावश्यक उपकरण संचालनमा आएपछि अस्पतालमा दैनिक बिरामीहरु बाहिर क्लिनिकमा जाचँ गराउन बध्याता हटेको बिरामीहरुले बताएका छन । अस्पतालमा विद्युतको प्रर्याप्त भोल्टेज नहुदा अस्पतालमा दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरण समेत संञ्चालनमा आउन नसक्दा समस्या हुदै आएको थियो ।रामग्राम नगरपालीकाको आर्थिक सहयोगमा विद्युत ट्रान्र्फमर जडान कुल ६ लाख मुल््य पर्ने ट्रान्सर्फमर अस्पतालमा जडान गरिएको रामग्राम नगरपालीकाका ईन्जीनियर सतिस कुमार गुप्ताले बताए । नयाँ विद्युत ट्रान्र्फमर जडान गरिएको ट्रान्र्फमर बाट अस्पतालका दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरणहरु लागी मात्रै विद्युत आपुर्ति गरिएको गुप्ताले जानकारी दिए ।ट्रान्सर्फमर जडान भएपछि अस्पतालका सबै उपकरण संञ्चालनमा आएको र काम गर्न सहज भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए । अस्पतालमा विद्युत पर्याप्त आपुर्ति हुन नसक्दा एक्स रे मेसिन संञ्चालन हुन सकेको थिएन । भोल्टेज नपुगेपछि महंगो मेसिन भएकाले जोखिम मोलेर संञ्चालन गर्नु भन्दा बन्द गरेर राखिएको अवस्थामा थियो भने ट्रान्र्फमर जडान भएपछि संचालनमा आएको होदाले बताए । विद्युत भोल्टेज अनियमित हुदा अस्पतालको कम्युटर सिस्टमा पनि समस्या भएको थियो भने सिसिटिभि क्यामेराले समेत राम्रोसंग काम गरेको थिएन ।अस्पतालको विद्युत बापतको झन्डै ४२ लाख विद्युत महसुल बाँकि रहेको छ । जसमा अहिले ७ लाख भुक्तानी गरेर बाँकि महसुल पनि दुई वर्ष भित्र तिर्ने सहमतिमा नयाँ ट्रान्सर्फमर जडान गरिएको छ ।ट्रान्र्फमर जडानको खर्चमा विद्युत प्राधिकरणले पनि सहयोग गरेको अस्पतालले जनाएको छ । यस अघि अत्यावश्यक सेवा क्षेत्रमा नेपाल सरकारले पनि महसुल छुटको निर्णय गर्ने गरेको भएपनि पछिल्लो समय त्यस्तो नहुदा सबै रकम अस्पतालले नै भुक्तानी गर्नुपर्ने बाध्यता रहेको डाक्टर होदाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.