Jilla Ban Notis

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन

0 34

उमेश बि.क

सरावल ,३ कार्तिक
नवलपरासीको सरावल गाउँपालिका वडा नं, ६ कुर्थावलमा बालबिवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । गुराँस सम्बाद केन्द्रको आयोजना तथा ए।बि।सि नेपाल ,स्ट्रोम फाउन्डेसन नेपाल र सरावल गाउँपालिकनको समन्वयमा सडक नाटक प्रर्दशन गरेको हो ।
नाटक मार्फत बालबिवाहको कारण, असर र कानुनी व्यवस्थाका बिषयमा सन्देश प्रवाह गरिएको थियो ।  बालबिवाहका कारण शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य क्षेत्रमा असर परेको असर, बालबिवाह गर्दा हुने कानुनी कारबाहीको बारेमा गुराँस सम्बाद केन्द्र र जनएकता सम्बाद केन्द्रका किशोरीहरुले नाटकको माध्यमबाट प्रस्तुत गरेका थिए ।
बाल बिवाह विरुद्ध सडक नाटकमा वडा नं. ६ का वडा अध्यक्ष कैलाश यादव ,गुराँस सम्बाद केन्द्र्को ककत अध्यक्ष नेम नारायण यादव , समाजसेवी परासनाथ गुप्ता ,दिवकार प्रसाद यादव ,रामश्री केवट,रतन हरिजन ,समर्पण समाज परिवर्तनका अध्यक्ष राज गुप्ता लगाएत स्थानीय जनसमुदायको उपस्थिति रहेको ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसाले जानकारी दिनुभएको हो। https://www.youtube.com/watch?v=KabxWqTM9Kg

Leave A Reply

Your email address will not be published.