Sarawal sit lahar Notis

बर्दघाट –६,बेताहानीमा उद्घोषण तथा नेतृत्व विकास तालीम शुरु ।

0 47

कृष्ण ढकाल
बर्दघाट,पुष–१२
बर्दघाट नगरपालिका वडा नम्वर ६ बेताहानीको आयोजनामा पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीम शुरु भएको छ । वडा नम्वर ६ का वडाध्यक्ष रोहित थारुको अध्यक्षता र बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यतामा उक्त तालीमको एक कार्यक्रमका विच समुद्घाटन गरीएको थियो ।
वडा कार्यालय भवनमा भएको तालीमको समुद्घाटन गर्दे नगर उप प्रमुख पौडेलले बोल्ने कलाको सिप सिक्न अहिले अपिहार्य रहेको बताउनु भएको थियो । उहांले कुनै स्थानमा गएर आफ्नो कुरा अरुसंग स्पष्ट राख्न र कुनै पनि कार्यक्रममा गएर बोल्नका लागि आफुले नसक्नेहो भने सधैं पछि परिने भएकाले बोल्ने कलाको विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । वडाले आफ्ना वडावासीहरुको बोल्ने कलाको सिप सिकाउनका लागि गरेको तालीमले सफलता पाउनेमा आफु विश्वस्थ रहेको समेत बताउनु भएको थियो ।
वडाका विभिन्न संघ संस्था र समुहहरुवाट सहभागि २० बढी ब्यीक्तहरुको सहभागिता रहेको पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीमको सहजीकरण पत्रकार कृष्ण ढकालले गर्नु भएको छ । तालीम यहि पुष १६ गते सम्म संचालनमा रहने वडाध्यक्ष रोहित थारुले बताउनु भएको छ । आज भएको पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीमको समुद्घाटन कार्यक्रमको संचालन वडा सचिव मधु पराजुलीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.