Jilla Ban Notis

बर्दघाट वडा नं. ३ मा तरकारीको विऊ बितरण कार्यक्रम सम्पन्न ।

0 24

कृष्ण ढकाल
बर्दघाट,फागुन–१६
बर्दघाट नगरपालिका वडा नं. ३ मा तरकारीको विऊ बितरण कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट नगरपालिका कृषि शाखा प्रमुख युवराज लम्सालको अध्यक्षता र वडा नं. ३ का वडाध्यक्ष रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो । वडाभित्रका कृषकहरुलाई परम्परागत कृषि पेशावाट आधुनिक कृषीतर्फ आकर्षीत गर्नका लागि उनीहरुलाई उन्नत जानको तरकारीको विऊ प्रदान गरीएको बर्दघाट नगरपालिकाको कृषी शाखाले जनाएको छ । कृषकहरुलाई विऊ वितरण गर्दै वडाध्यक्ष न्यौपानेले अब पुरानो शैलिमा कृषी पेशा गर्न छोडेर आधुनिक प्रविधिको प्रयोग गरी ब्यवसायिक कृषि पेशा गरेर आफ्नो आर्थिक अवस्थालाई उकास्न र समाज समृद्धिका लागि पहल गर्न सबै एक भएर अघि बढ्न जरुरी रहेको बताउनु भएको थियो । उहांले कृषकहरुलाई थोरै जमिनमा कृषी गरेर राम्रो आन्दानी गर्ने गरी कृषीपेशा गर्न आग्रह गर्दै आफुले वडाको तर्फवाट हुने र गर्न सक्ने सहयोग हरपल गर्न तयार रहेको धारण ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि वडा सचिव लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन बर्दघाट नगरपालिकाका कृषी शाखाका जे.टि.ए. खुमाकान्त न्यौपानेले गर्नु भएको थियो । एक घर एक करेसा बारि भन्ने नारा लाई आत्म साथ गर्दे शुरु भएको तरकारीको विऊ वितरण कार्यक्रममा नगरपालिकाले करेला,भिन्डि र घिरौंलाको बीउ बितरण गरेको छ ।

Leave A Reply

Your email address will not be published.