Sarawal sit lahar Notis

बर्दघाट मेलामा महिलाद्धारा संचालित स्टलले स्थानीय उत्पादनको प्रभाव जमाउदै

0 135

रवि पाण्डेय
बर्दघाटमा संचालित ब्यापार मेलामा स्थानीय उत्पादन के के हुन्छ ? भन्ने प्रश्न उठ्ने गरेको छ । आयोजकले पटक पटक यसको जवाफ दिइरहनु परेकै छ । यस पटकको मेला तयारीको क्रममा पनि स्थानीय ब्राण्ड बारे चर्चा चलेको थियो ।
मेलामा स्थानीयले उत्पादन गरेका बस्तुहरुको धेरै स्टलहरु भने छैनन् । तर मेलामा भएका केही स्टलहरुले भने मेलामा गहिरो प्रभाव छाड्ने देखिएको छ । महिलाहरुको ब्यवस्थापनमा संचालित स्टलहरुले यसपटकको मेलामा स्थानीय उत्पादनको साख जोगाएका हुन् ।
मेलामा रहेका दाउन्नेदेवी महिला बहुउद्धेश्शीय सहकारी संस्थाले स्कुल बालबालिकाको ब्याग तथा महिलाहरुका लागि आवश्यक ब्याग आफैले उत्पादन गरेर बिक्रीमा राखेको छ । हाम्रा दुईवटा स्टल छन्– संस्थाकी अध्यक्ष देवी पौडेलले भनिन् – हामीले गतबर्ष ब्याग बनाउने तालिम दियौ । त्यो तालिममा सिकेका महिला दिदीबहिनीहरुले सिलाएको ब्यागको मेलामा स्टल राखेका छौ ।
स्थानीय महिलाहरुले उत्पादन गरेका स्कुले तथा अन्य झोलाहरुको स्टकमा ग्राहकहरुले चाँसो राखेका छन् । मेलामा ड्रागन फ्रुटका बेर्ना देखि फलफूलका बेर्ना सम्मले कृषि उत्पादनको ईज्जत जोगाइदिएका छन् ।
मेलामा निर्वतमान जनप्रतिनिधि समेत रहेकी दया दर्लामीले दुना टपरीको स्टल राखेर आफूलाई महिला उद्यमीका रुपमा उभ्याईसकेकी छन् । उनी २०७४ को स्थानीय निर्वाचनमा बर्दघाट नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेबाट वडाध्यक्षमा बिजयी भएकी थिइन् ।
आफ्नो ५ वर्षे कार्यकाल सम्पन्न गरेर उनले गएको स्थानीय तहको निर्वाचनमा भने उम्मेदवारी दिईनन् । दर्लामीले बर्दघाट २ चिसापानीमा ‘दया दुना टपरी उद्योग’ सञ्चालित छ ।


घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बसुप)मा उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गरेकी दर्लामी एकल महिला समेत हुन् । महिलाहरुले गरेका काम पुरुषहरुको दाँजोमा केही फरक छैन । छैठौँ कृषि, पर्यटन तथा आद्योेगिक व्यापार मेलाको १९ औँ नम्बरको स्टलमा दर्लामीको दुना टपरी उद्योगको अनेक प्रकारका वातावरण मैत्री मानिने दुना टपरी छन् ।
मेलामा स्थानीय रुपमा उत्पादित दाउन्ने देवी मौरीपालन उद्योग बर्दघाट–१ बाट उत्पादित रुदिलो खुवाएर बनाइएको मह समेत छ ।
बर्दघाट नगरपालिका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले उत्पादनको सर्दन्भमा महिलाहरुले गरेको काम सह्रानीय रहेको बताए । उनले दाउन्नेदेवी महिला सहकारीलाई झोला उत्पादनमा सहयोग गर्न बचनबद्धता समेत गरिएको जानकारी दिए । उनले पूर्व जनप्रतिनिधि समेत रहेकी दया दर्लामीले दुना टपरी उत्पादन गर्नु अनुकरणीय रहेको उल्लेख गरे । दाउन्नेदेवी संस्थालाई बार्षिक रुपमा सहयोग गर्ने बचनबद्धता नै ब्यक्त गरेका छौ – न्यायिक समिति संयोजक समेत रहेका उपाध्यायले भने –दुना टपरीले वातावरणमैत्री नगर अभियानमा सहयोग गर्ने भएको हुदाँ हामी सकारात्मक नै छौ ।
नगरक्षेत्रमा उत्पादित झोला,दुनाटपरी, महलगायत सबै उत्पादनलाई प्राथमिकतामा राखेर कोशेलीघरमा बिक्री बिरतणको प्रबन्ध गरिने उनले प्रतिबद्धता ब्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.