Jilla Ban Notis

बर्दघाट नगरमा सचेत र ग्रामीण उपभोक्ता जागरण क्लब गठन ।

0 27

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी ले बर्दघाट नगरमा ग्रामीण उपभोक्ता जागरण क्लब गठन गरीएको छ । कालो बजारी नियन्त्रण गर्ने र उत्पादन मिति सकिएका खाद्ययवस्तुहरु तथा नापतौल का हुन सक्ने ठगीलाई नियन्त्रण गर्ने देखि समुदायमा जागरण कार्यक्रम संचालन गर्नका लागि सचेत र ग्रामीण उपभोक्ता जागरण क्लब गठन गरीएको क्लवका अध्यक्ष देवेन्द्र पोख्रेल सुजितले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी को प्रमुख आतिथ्यतामा बर्दघाट नगरपालिकामा भएको कार्यक्रममा बर्दघाट नगरक्षेत्रमा दुईवटा क्लव रहने गरी सचेत र ग्रामीण क्लब गठन गरीएको छ । नगरको वडा नम्वर १,४,५,७,१४,१५ र १६ लाई समेटेर वडा नं. १ का हरि प्रसाद पाण्डे को अध्यक्षतामा नौ सदस्य ग्रामीण उपभोक्ता जागरण क्लब बर्दघाट गठन भएको छ । जस्को उपाध्यक्षमा झम्कनाथ लामिछाने,सचीव मा इन्द्र के सि र कोषाध्यक्ष मा अप्सरा श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यमा नर बहादुर थापा,अमर बहादुर थापा,आश बहादुर राना,लोक प्रसाद पाण्डे रशोभा मल्ल रहनु भएको छ ।

त्यसैगरी वडा नं. २,३,६, ८,९,१०,११,१२ र १३ लाई समेटेर वडा नं. १२ का देवेन्द्र पोख्रेल सुजितको अध्यक्षतामा नौ सदस्य ग्रामीण उपभोक्ता जागरण क्लब बर्दघाट गठन भएको छ । जस्को उपाध्यक्षमा ऋषि राम देबकोटा ,सचीव मा मदन पाण्डे, र कोषाध्यक्षमा चन्द्रकला पाण्डे सापकोटा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा राजु अर्याल,अमृत अर्याल,बिजय गिरि ,रुद्र देव चौधरी र बिश्व रन्जन पौडेल रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.