Jilla Ban Notis

बर्दघाट नगरप्रमुख सहितको टोलीले बर्दघाटमा मस्जिद–मदरसाको अनुगमन गर्यो ।

0 23

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२१

नवलपरासीको मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले आज बर्दघाट नगरपालिका वडा नं. १६ को मस्जिद मदरसामा अनुगमन गरेको छ । बर्दघाट नगरप्रमुख धिरज शर्मा वस्यालसहित अनुगमन समितिको टोलीले मस्जितमा पुगेर अनुगमन गरेको थियो । मस्जिद मदरसाहरुमा अनुगमन गर्दा कोई पनि अपरिचित भारतीय व्यक्तिहरु लुकेर नबसेको र मुस्लिम समुदायले सामाजिक दुरी कायम गरि लकडाउनको पाल्ना गरेको पाईएको थियो । अनुगमनका क्रममा अनुगमन समितीको टोलीसंग पत्रकारहरुसमेत संगै रहेका थिए । अनुमगनक्रममा स्थानिय मदरसा संचालनहरुसंग बसेर केहि वेर छलफल समेत भएको थियो । छलफल कार्यमा समितिका सदस्य हैदर अलि मोमिन,बुद्धन अलि,बर्दघाटका नगरप्रमुख धिरज शर्मा वस्याल,ईजहार खान, मौलाना सैयद गुलाम हुसैन मिँया, र पत्रकार हुसैन अंसारी लगाएतको सहभागिता रहेको थियो ।
मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरिय अनुगमन समितिले सबै सातै तहका स्थानिय तहमा रहेका मस्जितहरुको अनुगमन गरेको छ ।
यता आज नै सुनवलका मस्जिद मदरसाहरुमा पनि सुनवल नगर प्रमुख भिम बहादुर थापा क्षेत्री र अनुगमन समितीको टोलीले अनुमगन गरेको समितिका सदस्य हैदर अलि मोमिनले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.