Sarawal Ga pa

बर्दघाट नगरपालिका वडा नम्बर १४ द्धारा टोल विकास समितिका अध्यक्षहरुलाई सम्मान ।

0 26

मुक्ती तिवारी

गंगावस्ती,पौष–४

बर्दघाट नगरपालिका वडा नम्बर १४ ले वडा भित्र रहेका पाँच वटा टोल विकास समितिका अध्यक्षहरुलाई सम्मान गरेको छ। कार्यक्रममा धर्म बस्ती टोल विकास समितिका अध्यक्ष ईन्द्र बहादुर जिसी गंगा बस्ती टोल विकास समितिका अध्यक्ष नरेन्द्र चौधरी शुक्रबस्ति टोल विकास समितिका अध्यक्ष राधाकृष्ण अधिकारी बुद्ध बस्ती टोल विकास समितिका अध्यक्ष ईन्द्र प्रसाद भण्डारी र बसोबास टोल विकास समितिका अध्यक्ष भीमबहादुर थापा लगायतको कार्यसमितिलाई सम्मान गरिएको थियो।बर्दघाट १४ का अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा दाउन्नेदेवी गाविसका पुर्व अध्यक्ष एकदेव पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एकदेव पाण्डेले देश संघीय संरचनामा जानुपूर्व साविक गाविसहरुमा छुट्याईने अत्यन्तै न्यून बजेटको तुलनामा हाल नगरबाट प्राप्त हुने रकम बढिरहेको र विकास निर्माणले पनि स्थानीय तवरमा क्रमिक रूपमा गति लिएको बताउनुभयो। राज्यले लागू गरेको आर्थिक विकेन्द्रीकरण नीतिले स्थानीय तहले आवश्यक स्थानमा बजेट तर्जुमा गर्न अधिकार प्राप्त गरेकाले क्रमश विकास निर्माणका योजनाहरु सञ्चालन भइरहेको उहाँले बताउनुभयो। त्यसैगरी कार्यक्रममा बोल्दै वडाध्यक्ष केशव खत्रीले थुप्रै विकास निर्माणका योजनाहरु बाँकी रहेकाले न्यून बजेटका बाबजुद पनि सबै टोल हरुलाई समेटेर पूर्वाधारयुक्त वडा बनाउन आफूहरु लागिपरेको बताउनुभयो।भौतिक पूर्वाधार र विकास निर्माणका क्षेत्रमा साविक दाउन्नेदेवी गाविस विगतदेखि नै पछाडि परेकाले क्रमिक रुपमा अब भने विकासले गति लिएको हुदा योजनाले पुर्णता पाउन थोरै समय लाग्ने हुँदा धैर्य भएर सबै जनसमुदायलाई हातेमालो गरी विकास निर्माण तर्फ अगाडि बढ्न अध्यक्ष खत्रीले आग्रह गर्नुभयो। अन्य वडाहरु आर्थिक रूपले सम्पन्न भएका कारण आर्थिक रूपमा जन सहभागितामा सडक सञ्जाल स्वास्थ्य क्षिक्षा लागयतका बिकास निर्माणका कार्यहरु भइरहेपनि दाउन्नेको हकमा भने आर्थिक सम्पन्नताका हिसाबले त्यो संभव नरहेकाले नगरबाट प्राप्त हुने न्यून बजेट नै परिचालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति हुँदा सबै क्षेत्रलाई समेट्न नसकेको हुँदा क्रमिकरुपमा विकास निर्माण मा सबै टोललाई जोडिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो। राज्य पुनर्संरचनामा गैसकेर स्थानीय तह लागू भएपश्चात विगत र अहिलेको तुलनामा निश्चय पनि परिवर्तन भएकाले समुन्नत वडा निर्माणका लागि सबै व्यक्ति र समुदाय हातेमालो गरी अगाडि बढ्नुपर्नेमा अध्यक्ष खत्रीले जोड दिनुभयो। वडा नम्बर १४ लाई साविकका पाँचवटा वडाहरू अनुसार टोल विभाजन गरी टोल विकास समिति गठन गरिएको थियो। पाँचै वटा टोल विकास समितिको दुई वर्षे कार्यकाल लगभग सकिएको छ। अब बन्ने विकास समितिहरु नयाँ निर्देशिका अनुरुप बन्ने छ भने पाँचवटा टोल विकास समितिहरुलाई बढाएर आवश्यकताअनुसार समितिहरू गठन गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो। जन अपेक्षा अनुरुपको योजना छनोट र त्यसलाई पूर्णता दिनका लागि टोल विकास समिति र वडाको समन्वयकारी भूमिका अत्यन्तै महत्वपूर्ण हुनाले शिक्षा स्वास्थ्य सडक सञ्जाल खानेपानी लगायत वडाको समग्र विकासमा टोल विकास समिति तदारुकताका साथ लाग्नुपर्ने उहाँले बताउनुभयो।  कार्यक्रममा स्थानीय जनप्रतिनिधि समाजसेवी विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने वडा सदस्य टेकनारायण नवलपुरिया थारूको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सोही वडाका सचिव टङ्कनाथ भण्डारीले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.