Jilla Ban Notis

नित्यानन्द रत्न कुमारी माविको भवन निमार्णकार्य मापदण्ड विपरीत ।

0 29
कृष्ण ढकाल
बर्दघाट,फागुन–१२
बर्दघाट नगरपालिका वडा नम्वर १२ को नित्यानन्द रत्न कुमारी माविको भवन निमार्णकार्य मापदण्ड विपरीत रहेको पाईएको छ । भवन निमार्णका क्रममा अहिले पिल्लरमा ८ वटा छड् प्रयोग गर्नु पर्नेमा ६ वडा छ्डको प्रयोग गरीएको छ । त्यसैगरी १२ वाई १२ को पिल्लर हुनु पर्नेमा ९ वाई १२ को पिल्लर रहेको छ । सामुदायिक विद्यालय नित्यानन्द रत्न कुमारी माविका दुवै निमार्णाधिन भवनको बर्दघाट नगरपालिकाका ईन्जीनियरले नक्सा तयार पारेको भवन निमार्ण समितिका संयोजक सुरज पाण्डेले बताउनु भएको छ ।
अहिले निमार्ण भैरहेको १६ कोठे भवन निमार्ण समितिका संयोजक सुरज पाण्डेका अनुसार सांसद हृदेश त्रिपाटी मार्फत हुनलागेको १६ कोठे भवनका लागि ४९ लाख ५० हजार रकम विनियोजन भएको छ । उहांले नगरपालिकाले आफुले अरुका घर नक्शा पासगर्दा ८ वटा छड्को प्रयोग गर्नु पर्ने भन्दै नक्शा पास नगर्ने तर आफै नगरपालिकाले बनाएको सामुदायिक विद्यालयको भवनमा किन ? ६ वटा छड्कोमात्र प्रयोग गर्ने गरी नक्सा पासगरेको छ भन्दै स्थानियवासीहरुले गाऊले अनलाईनसंग त्यसको जवाफ खोज्न आग्रह गरेका थिए ।

त्यसैगरी अर्को प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको सांसद विकास कोष पूर्वाधार विकास कार्यक्रमवाट १५ लाख र बर्दघाट नगरपालिकावाट १० लाखगरी २५ लाखको लागतमा निमार्ण हुने ८ कोठाको ब्यवसायिक भवन निमार्ण कार्य अन्तीममा पुगेको छ । अहिले ढलान समेत भैसकेको छ । जस्को निमार्ण समितिको संयोजकमा विद्यालयका सल्लाहकार तथा दानदाता मानेज कार्की रहनु भएको छ । उहांले पनि नक्साका विषयमा नगरपालिका स्वयमले बनाएको हुदां आफुहरुले खासै चांसो नदिएको बताउनु भएको छ । सो भवन निमार्णमा पनि सोही प्रकृतिको काम भएको छ ।  यस विषयमा बर्दघाट नगरपालिकाका ईन्जीनियरसंग बुझदा स्थानिय समाज सेवी र विद्यालयका सरोकारवालाहरुको माग अनुसारको नै नक्सा तयार गरीएको बर्दघाट नगरपालिकाका ईन्जीनीयरले बताएका छन । ईन्जीनियरका अनुसार विद्यालयका सरोकारवालाहरुले नै विद्यालय संचालन गर्न नभै ब्यवसायिक भवन भएकाले एक तले मात्र भवन बनाउने र माथी ट्रष्ट सम्म हुने भएकाले सोही अनुसार को नक्सा तयार गर्न पटक पटक आग्रह गरेपछि आफुहरुले सोही अनुसारको बनाएको बताएका छन् । भवन निमार्णका क्रममा अहिले पिल्लरमा ८ वटा छड् प्रयोग गर्नु पर्नेमा ६ वडा छ्डको प्रयोग गरीएको छ । त्यसैगरी १२ वाई १२ को पिल्लर हुनु पर्नेमा ९ वाई १२ को पिल्लर रहेको छ ।
अलिहे सो विद्यालयमा प्रतिनिधि सभासदस्य हृदेश त्रिपाठीको सांसद विकास कोष पूर्वाधार विकास कार्यक्रमवाट १६ कोठा र प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको सांसद विकास कोषवाट पूर्वाधार विकास कार्यक्रमवाट ८ कोठाको ब्यवसायिक भवन निमार्ण भैरहेको छ । विद्यालयको अगाडी पट्टि रहेको हुलाकी सडकसंग जोडीएर रहेको भटौली बजारका ब्यवसायीहरुलाई लक्षीत गरी सो विद्यालयले आफ्नो आम्दानीको स्रोतका लागि उक्त ब्यवसायीक भवनहरु निमार्ण गरेको विद्यालयले जनाएको हो । यस अघि पनि त्यही भवनसंग जोडेर १० कोठे भवन निमार्ण भै ब्यवसायिक प्रयोजनमा आईरहेका छन् । पूर्वाधार तथा भौतीक संरचनाको क्षेत्रमा निक्कै फड्को मारेको नित्यानन्द रत्न कुमारी माविको भवन निमार्णकार्य मापदण्ड विपरीत भएको चर्चा परिचर्चा भैरहदा अहिले फेरी अर्काे पहिले बनाएको भवन निमाणर््ाका क्रममा समेत आर्थिक पार्दशिता नभएको स्थानियवासीहरुवाटै गुनासो समेत आएको छ ।

Leave A Reply

Your email address will not be published.