कृष्ण ढकाल
बर्दघाट,माघ–१४
बर्दघाट १२ जहदामा रहेको नित्यानन्द रत्नकुमारी माविका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई सहयोगी पुस्तक वितरण गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १२ ले एस.ई.ई परिक्षमा सहभागि हुने विद्यार्थीहरुका लागि लक्षीत गरी उक्त सहयोगी पुस्तक वितरण गरेको जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वेद बहादुर चौधरीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको पुस्तक वितरण कार्यक्रममा वडासदस्य गजेन्द्र बहादुर गिरी,संरक्षक तथा प्रमुख सल्लाहकार मनोज कुमार कार्की, दीपप्रकाश लोहनी,सल्लाहकार अहमद अलि चुरिहार,वि.व्य.स. सदस्य जीत बहादुर कोहार, शिक्षक अभिभावक संघका सदस्य होसिल मिया लगायतको उपस्थिति रहेको थियो ।
