कृष्ण ढकाल
बर्दघाट,असार–२७
बर्दघाट–२,चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समुहले चौपत्ता अस्पतालमा सञ्चालन हुन लागेको हेमोडायलसीस सेवा सञ्चालनका लागि १ लाख ५१ हजार रुपैया सहयोग गरेको छ ।
सामुदायिक वनको सभाहलमा एक कार्यक्रमको आयोजनागरी उक्त रकम बराबरको चेक समुहका अध्यक्ष होम बहादुर गुरुङले मृगौला पिडित बचाउ महा अभियान कार्यदलका संयोजक एवं बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई हस्तान्त्रण गर्नु भएको छ ।
चेक हस्तान्त्रण गर्दै समुहका अध्यक्ष गुरुङले वन समुहले अहिले सम्म स्वास्थ्य र शिक्षाको क्षेत्रमा धरै सहयोग गर्दै आएको जानकारी गराउनु भएको थियो । बर्षभरीका ७० देखि ८० हजार रुपैया सम्म मृगौला र क्यान्सका विरामीहरुका लागि वन समुहले सहयोग गर्दै आएको स्मरण गराउदै अहिले नगर सरकारले नै सञ्चालन गरेको मृगौला पिडित बचाउ महा अभियानमा सहयोग गर्न पाउदा आफुहरु सन्तुष्टि रहेको बताउनु भएको थियो ।
समुहको चेक ग्रहणगर्दै नगर प्रमुख श्रेष्ठले मानविय सेवाका लागि चिसापानी सामुदायिक वन उपभोक्ता समुहले गरेको आर्थिक सहयोग अहिले सम्मकै सबैका ठूलो धन राशिको रहेको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो ।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा मृगौला पिडित बचाउ महा अभियान कार्यदलका सदस्यहरु,अस्पतालका कार्य समिति तथा कर्मचारी र चिसापानी सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
बर्दघाट नगरपालिका र शहिद स्मृति अस्पताल,चौपत्ताको अगुवाईमा मृगौला पिडित बचाउ महा अभियान सुरु गरिएको हो । गत जेष्ठ ९ गतेबाट शुरु गरीएको अभियानले अहिले सम्म आईपुग्दा २५ लाख बढी रकम कोषमा जम्मा गर्न सफल भएको शहिद स्मृति अस्पताल,चौपत्ताका अध्यक्ष डि.बि. थापाले गाउँले दर्पण अनलाइनलाई जानकारी गराउनु भएको छ ।
असार २६ गते सम्म बिभिन्न ब्यक्ति,समुह र संस्थाहरुले आर्थिक सहयोग गर्ने क्रममा सबै भन्दा बढी दुई जना ब्यीक्तहरुले ५०÷५० हजार सहयोग गरेकोमा २७ गते बर्दघाट–२,चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समुहले १ लाख ५१ हजार रुपैया सहयोग गरी अहिले सम्मकै सबै भन्दा बढी रकम सहयोग गर्नेमा पर्ने सफल भएको बताउनु भयो ।
त्यसैगरी हेमोडायलसीस सेवा सञ्चालनका लागि चौधरी फाउन्डेसनले १६ लाख बराबरको जिन्सी सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको अध्यक्ष थापाको भनाई थियो ।
बर्दघाट नगरपालिका र संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा धुलिखेल अस्पतालबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा ४ थान हेमो डायलासिस मेसिन उपलब्ध भएको छ ।
अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण बर्दघाट नगर प्रमुख नै मृगौला पीडित बचाउ अभियानको संयोजक भएर एक घर एक हजार सहयोग रकम सङ्कलन गर्ने अभियान शुरु गरीएको हो ।