Jilla Ban Notis

बर्दघाट नगरपालिकाले जनप्रतिनिधि,कर्मचारी र एम्वुलेन्स चालकको कोरोना विमा गर्ने ।

0 19

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१९
बर्दघाट नगरपालिकाले कोभिड १९ को ब्यवस्थापनमा खटिएका जनप्रतिनिधि,कर्मचारी र एम्वुलेन्स चालकको कोरोना विमा गर्ने भएको छ । बर्दघाट नगर कार्यपालिकाको बैठकले समेत निर्णय गरेकाले अब कोरोना विमा गर्ने नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । नगरपालिकाले सबै ब्यीक्तका लागि एक–एक लाख रुपैया बराबरको कोरोना विमा गर्ने नगर प्रमुख बस्यालले बताउनु भयो । त्यसैगरी कार्यपालिकाको वैठकको निर्णय अनुसार नगरका पशुपालक किृषकहरुलाई वर्षे सुपर नेपियर घांसको विरुवा समेत वितरण गर्ने तयारी गरीएको बताउनु भएको छ । त्यसैगरी नगरका सबै वडाहरुमा रहेका विपन्न वर्ग रोजगारी मुलक राहत वितरणको तथ्याकं संकलन कार्यलाई समेत अघि बढाउन सबै वडाहरुलाई निर्देशन गरीएको बताउनु भएको छ ।
यता नगर उप प्रमुख माया देवि पौडेलले कोभिड १९ का कारण लक डाउन गरीएको मौका छोपेर बजारमा कालो बजारी हुन सक्ने अवस्थालाई मध्येनजर गरी ब्द्र्यघाट उद्योग वाणीज्य संघ,बजार विकास समिति,प्रहरी प्रसासन ,उपभोक्ता हित संरक्षण मञ्च र पत्रकारहरुको संयुक्त टोली बनाएर बजार अनुगमनलाई तिव्रपार्ने बताउनु भएको छ । त्यसैगरी ८४ वर्ष माथीका जेष्ठ नागरीकहरुलाई नगरक्ष्ँेत्र भित्र एम्वुलेन्स सेवा निःशुल्क प्रदानगर्ने निर्णय कार्यपालिकाले पारीत गरेको समेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.