Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा मेलमिलाप कर्ताहरुको फोटो सहितको नामावली सार्वजनीक ।

0 42

कृष्ण ढकाल
बर्दघाट,फागुन–१२
बर्दघाट नगरपालिकाले सोमवार मेलमिलाप कर्ताहरुको फोटो सहितको नामावली सार्वजनीक तथा रंगिन सेट वितरण कार्यक्रम सम्पन्न् गरेको छ । बर्दघाट नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको उक्त कार्यक्रममा नगरका १६ वटै वडाका वडाध्यक्ष तथा मेलमिलाप कर्ताहरुको उपस्थिती रहेको थियो । न्यायिक समितिका संयोजक तथा नगर उप–प्रमुख माया देवि पौडेलको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा मेलमिलाप कर्ताहरुको फोटो सहितको नामावली सार्वजनीक कार्यक्रममा सम्पन्न् भएको थियो । सो अवसरमा नगरमा रहेका सबै वडाका मेलमिलाप कर्ताहरु मध्ये अव नगरका चार वटा कलस्टरमा चार वटा मेलमिलाप केन्द्र स्थापना गरी कार्य सम्पादन गर्नेगरी अघि बढ्ने जानकारी गराईएको बताईएको थियो । न्यायिक समितिको योजना अनुसार अब चारवटै कलस्टरमा मेलमिलाप केन्द्र स्थापना गरी संयोजक चयन गरी स्थानिय सरकार संचालन एैन २०७४ को दफा ४७ एक र दुईले प्रदान गरेको अधिकार क्षेत्रमा रही सेवा प्रवाह गर्ने न्यायिक समितिका संयोजक तथा नगर उप–प्रमुख माया देवि पौडेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.