Jilla Ban Notis

बर्दघाट नगरपालिकाको सहयोगमा वडा नं. ११ ले गर्यो राहत बितरण ।

0 30

फुल कुमारी ढकाल
बर्दघाट,चैत–२२
बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनबाट प्रभावित अति बिपन्न तथा ज्याला मज्दरी परिवारलाई बर्दघाट नगरपालिकाको सहयोगमा वडा नं. ११ ले आज राहत बितरण गरिएको छ । राहत वितरण कार्यक्रम वडाध्यक्ष तिर्थराज फौजदार,कार्यपालिका सदस्य वेचन प्रसाद ठाकुर लगाएत वडा सदस्यहरु अशराम चौधरी,ललीता देवि चौधरी,यम कला भण्डारी र वडा सचिव लिल बहादुर चौधरीको उपस्थितीमा वितरण गरीएको थियो । बर्दघाट नगरपालिका वडा नं. ११ मा रहेका ७५ घरपरिवारलाई उक्त राहत सामग्री वितरण गरीएको वडाध्यक्ष फौजदारले जानकारी दिनु भएको छ । आज वितरण गरीको राहतमा चामल १० के.जी., दाल २ के.जी, नुन १के.जी, तेल आधा लि.र साबुन थान रहेको वडा सचिव लिल बहादुर चौधरीले जानकारी दिनु भएको छ ।  त्यसैगरी स्थानिय समाज सेवी तथा मेरिना फार्मेसीका संचालक मनोज चौधरीले आज नै सोहि कार्यक्रममा १ सय थान माक्स,१ सय थन सेफ्टी क्याप, ग्लोवस ५ थान र सेनिटाईजर १ थान सहयोग गर्नु भएको वडा सचिव लिल बहादुर चौधरीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.