Jilla Ban Notis

बर्दघाट नगरक्षेत्रका सबै मासु पसलहरु केहि समयका लागि वन्द गर्ने निर्णय ।

 अतिआवश्यक सामान वेच्ने पसल बिहान ७ बजेदेखि ११ बजे सम्म मात्र संचालन गर्न पाईने ।

0 43

कृष्ण ढकाल
बर्दघाट,बैशाख–४
बर्दघाट नगरपालिकामा संचालनमा रहेका सबै मासु पसलहरु अब केहि समयका लागि पूर्णरुपमा वन्द गर्ने बर्दघाट नगरकार्यपालिकाको आज बसेको वैठकले निर्णय गरेको छ । लक डाउनलाई थप प्रभावकारी बनाउने उद्धेश्यले सो निर्णय गरेको नगर प्रमुख धिरज शर्मा वस्यालले जानकारी दिनु भएको छ । नगरकार्यपालिकाको विहीवार बिहान अर्थात आज बसेको बैठक र दिउँसो भएको विपद् ब्यवस्थापन समिति सहितको सर्वपक्षीय बैठकले लक डाउनलाई थप कडा गर्ने निर्णय गरेको हो । त्यसैगरी आजकै कार्यपालिका बैठकले अत्यावश्यक पसलहरु बिहान ७ बजेदेखि ११ बजे सम्म मात्र संचालन गर्न दिइने निर्णय गरेको छ । सोही बैठकले नगरपालिकाले लागु गरेको नियम अटेर गरेमा कानुनी कारवाहीका लागि सिफरिस गर्ने निर्णय समेत भएको बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलले बताउनु भएको छ । आजकै बैठकले बर्दघाट नगरका विभिन्न नाकाबाट नगरक्षेत्रका अबैध रुपमा मालसामान भित्रिन नदिन सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय समेत भएको बताईएको छ । त्यसैगरी नगरमा आपूर्ति ब्यवस्थालाई सहज बनाउन प्रत्येक वडामा प्रहरी प्रशासन सहितको वडास्तरिय समिति गठन गर्ने र वडाहरुले समेत टोल विकास संस्थासंगको समन्वयमा बन्दा बन्दीको अनुगमन गर्ने निर्णय भएको छ ।

यता आज अर्थात विहीवार दिउँसो नै बर्दघाट नगर बिपद ब्यवस्थापन समिति सहितको सर्वपक्षीय बैठकले विहान बर्दघाट कार्यपालिकामा भएका निर्णयहरुलाई कार्यान्वयन गर्नका लागि सबै सरोकारवालाबीच समन्वय गर्दै अगाडि बढने निर्णय गरेको छ । बैठकमा नगरमा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा सुरक्षानिकायबाट समेत उपस्थिति रहेको थियो । बैठकमा सरोकारवालाहरुले कोरोना संक्रमण लाई रोक्नका लागि नगरले ध्यान दिनुपर्ने बिषय प्रति सुझाव समेत दिएका थिए । सरोकारवालाको सुझाव पछि नगर प्रमुख बस्यालले नगरस्तरीय प्रकोप ब्यवस्थापन कोषमा जम्मा भएको रकम र त्यसबाट खाद्यान्न तथा स्वास्थ्य सामाग्री खरिद गर्न दिइएको पेश्की रकम सहितको आय तथा ब्यय एंव पहिलो चरणमा राहत प्रदान गर्दा भएका सहज तथा असहज परिस्थिति बारे सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.