Sarawal sit lahar Notis

बर्दघाट नगरको शिक्षा सुधारमा एकरुपता आवश्यक

0 57

कृष्ण ढकाल
बर्दघाट,माघ १२
बर्दघाट नगरपालिकाको शिक्षामा एकरुपता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बर्दघाट प्रेस क्लबले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको बर्दघाट नगरको शिक्षामा सञ्चारको भुमिका विषयक अन्तरक्रियामा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक र संस्थागत विद्यालयहरुमा एकरुपता कायम गरिने बताउनुभयो । नगरले उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गर्ने बताउदै उहाँले शिक्षा क्षेत्रमा वजेट बढाउदै प्रविधि मैत्री बनाउने बताउनुभयो ।
नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्ययले विद्यालयमा विद्यार्थी उच्च शिक्षा अध्ययन गरुन्जेलसम्म टिकाउने र उसलाई देशमा नै रोजगार बनाउनु पर्नेमा जोड दिनुभएको थियो । शिक्षकले आफुले सामुदायिक विद्यालयमा पढाउने र आफनै बालबच्चा संस्थागत विद्यालयमा पढाउँदा गर्व गर्ने द्धय मानसिकताको अन्त्य गर्नुपर्ने उपाध्यायको भनाई छ ।
शिक्षालाई समुदायसँग जोडेर व्यवहारिक शिक्षा प्रदान गर्नु पर्ने बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत प्रकाश खनालले बताउनुभयो ।


खनाल भन्नुहुन्छ –‘नगरले अब नगर शिक्षा सुधारका कार्यक्रम अगाडी बढाउदै शिक्षामा वजेट बढाउने र समुदायसँग जोड्ने तयारीमा छौं ।’
बर्दघाट नगरपालिकाले विद्यालयको पहँुच बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयको पहँुचमा ल्याउने कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै अहिले ९७ दशमलब २ प्रतिशत विद्यार्थीहरु विद्यालयमा रहेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो ।
विद्यालय सुधारका लागि ‘मेरो दुई मिनेट अभियान’, शिक्षक कक्षाकोठामा, प्रध्यानाध्यपक सिकाई उपलब्धि अभिवृद्धि योजनामा, विद्यालय व्यवस्थापन समिति सहजीकरणमा, शिक्षक अभिभावक संघ पहँुच र स्थानिय सरकार व्यवस्थापनमा लाग्नुपर्ने पन्थीले बताउनुभयो ।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङले स्थानिय गरेका आफ्ना निणर्याट पछि नहट्ने बताउँदै शिक्षा सुधारको लागि सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
प्याब्सनका केन्द्रीय सचिव सुवर्ण न्यौपाने, केन्द्रीय सदस्य सन्तोष अधिकारी, जिल्ला अध्यक्ष गुरुदत्त पौडेल र प्याब्सनका नवलपरासीका सल्लाहकार इन्द्र गुरुङले राज्यले संस्थागत विद्यालयहरुलाई विभेद गरेको बताउनुभयो । नगरले शिक्षकहरुलाई तालिम दिँदा सामुदायिक र संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुलाई तालिम दिनुपर्ने, विना शैक्षिक प्रमाणपत्र विद्यार्थी भर्ना गर्न नहुने, नगर शिक्षा ऐनमा संस्थागत र सामुदायिक विद्यालयलाई समतामुलक निति समावेश गर्नुपर्ने लगायत विषयमा नगरपालिकाले सुधार गरी बर्दघाटका शिक्षामा एकरुपताका साथ अगाडी बढ्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाँई, नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीका अध्यक्ष अर्जुन पौडेल, एकिकृत अखिल नेपाल सिक्षक महासंघ नवलपरासीका अध्यक्ष पुष्पराज अधिकारी, शिक्षक महासंघ बर्दघाटका नगर उपाध्यक्ष एक नारायण तिमिल्सीना र सरस्वती मा.वि.कुन्जनपुरका प्रध्यानाध्यपाक सोमनाथ अधिकारीले बर्दघाटलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताउनभयो । उहाँहरुले गुणस्तर वृद्धि, शिक्षामा बजेट वृद्धि, समुदायसँग विद्यालय, विद्यार्थी पहिचान जस्ता कार्यक्रमहरु नगरले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टोन)का सचिव छविलाल आचार्य, दिव्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, दाउन्नेदेवी बहुमुखी क्याम्पसका उप–प्रध्यापक पशुपति चौधरीले सबैलाई एउटै पाठ्यक्रम, कक्षा १२ पढेपछि नेपालमै उच्च शिक्षा र स्वरोजगारमुलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । मिडियाले समाजलाई सकरात्मक चेतना दिनसक्ने बताउँदै मिडियासँग शिक्षा जोडेर समुदायसँग पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्षता र सचिव प्रकाश न्यौपानेको संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.