Jilla Ban Notis

बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा एक लाख रुपैया सहयोग।

0 14

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२४
बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक लाख रुपैया सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागि गरीएको लक डाउनका कारण दैनिक ज्यालादारी गरी परिवार पाल्ने अति विपन्न परिवारलाई राहत प्रदान गर्नका लागि सहयोग होस भनेर उक्त सहयोग गरेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनु भएको छ । सोमवार संस्थाका अध्यक्ष धातानन्द बस्यालले बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याललाई सो रकमको चेक हस्तान्त्रण गर्नु भएको हो । त्यसैगरी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका स्थायी कर्मचारीहरुले आफ्नो तलव स्केलको तिन दिन बरावरको टोटल २२ हजार ७ सय ७७ रुपैया सहयोग गरेको संस्थाका ब्यवस्थापक विष्णु भुषालले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । त्यसैगरी यस अघि सो बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालेकेहि दिनअघि बर्दघाट नगरपालिकालाई १ सय २५ किलो ब्लिचिङ पाउडर समेत सहयोग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.