Jilla Ban Notis

बर्दघाट खानेपानी सुरक्षा योजनाद्धारा बिद्यालय स्तरिय समाजिक सचेतना अभियान सम्पन्न् ।

0 21

माधव घिमिरे
बर्दघाट,कार्तिक–१७
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजनाले बिद्यालय स्तरिय सरसफाई एंव कोभिड–१९ सचेतना अभियानलाई तिव्रता दिएको छ । सचेतना अभियान अन्र्तगत सोमवार
बर्दघाट–४ बाढीपिडितमा रहेको नवजिवन माबिमा सरसफाई एंव कोभिड सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजनाका संयोजक दिपक लम्सालको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष हमालले कोभिड–१९ र सरसफाईका वारेमा सबै सजग तथा सचेतहुन जरुरी रहेको बताउनु भएको थियो।
त्यसैगरी संस्थाका अध्यक्ष धातानन्द बस्यालले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रभित्रका बिद्यालयमा सरसफाई सामाग्री प्रदान गर्ने कर्यक्रम अनुसार नवजिवन माविलाई सावुन, मास्क, हार्पिक लगायत सरसफाईका साम्राग्रीहरु सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा खानेपानी सुरक्षा योजना टोलीका सदस्य कृष्णहरि पौडेल ,काशीराम न्यापौने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम चालिसे बिद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.