Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न ।

0 23

कृष्ण ढकाल
बर्दघाट,फागुन–१६
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटका नव निर्वाचीत पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम संस्थाको ८औँ अधिवेशन निर्वाचन मण्डलका संयोजक दिनेश प्रसाद घिमिरेको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गत फागुन १० गते भएको निर्वाचनवाट निर्वाचीत पदाधिकारीहरुलाई शुक्रवार संस्थाको सभाहलमा एक कार्यक्रमका विच सपथ ग्रहण तथा पद हस्तान्तरण गरीएको थियो भने पुरानो समितीका पदाधिकारीहरुलाई विदाई र नयां समितिलाई स्वागत समेत सो अवसरमा गरीएको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचीत अध्यक्ष धातानन्द बस्यालले संस्थामा विगतमा गरीएका कार्यहरुको अनुभवलाई लिएर आगामिदिनमा समय सापेक्ष रुपमा सबैको सहकार्य रसहमतिमा अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, निर्वतमान कार्य समिति, निर्वमान सल्लाहकार, पत्रकार, कर्मचारी लगाएतको उपस्थिती रहेकोे थियो । निर्वाचन मण्डलका सदस्य देवीदत्त सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य कृष्ण थापाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.