Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटद्धारा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

0 60

बर्दघाट,माघ १०
पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थीत बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ४ को आयोजनामा संस्थाद्धारा खानेपानी वितरीत भएको बिद्यालयहरु बिच अन्तर विद्यालय स्तरीय चित्तकला प्रतियोगिता शुक्रबार संस्थाको सभाहलमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष एवम खानेपानी सुरक्षा योजना समितीका संयोजक धातान्नद बस्यालको अध्यक्षता संस्थाका अध्यक्ष ईन्द्र कुमार राना प्रमुख आतिथ्यतामा कार्यएक्रम सम्पन्न भएको हो । बर्दघाट ४ मा अवस्थीत ८ वटा निजी तथा सामुदायिक बिध्यालयका मावि तहमा अध्यनरत १५ जना बिध्यार्थिको सहभागीता रहेको थियो । वातावरण संरक्षणमा हाम्रो सरोकार, स्वच्छ पानी हाम्रो अधिकार भन्ने बिषयमा प्रतियोगिता सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा सहभागी बिध्यालयका तर्फ देखि दाउन्ने देबि माविका शिक्षक बिनोद ज्ञवालीले मन्तय राख्नुभएको थियो सो कार्यक्रमको उद्देश्य र संस्थाको गतीबिधी बारे संस्थाका अध्यक्ष ईन्द्र कुमार रानाले प्रकाश पार्नुभएकोे थियो । खानेपानी सुरक्षा योजना अर्तगत बिविध जनचेतना कार्यक्रम अन्तरगत बिध्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरीएको संयोजक बस्याले जानकारी दिनुभयो । सो कार्यक्रममा बर्दघाट नगर खानेपानी उपभोक्ता माशासंघका अध्यक्ष लक्षमण नाथ योगी, कार्य समितीका पदाधिकारी ,सुरक्षा समीतिका पदाधिकारी सहभागी बिध्यालयका शिक्षक प्रतिनीधि लगाएतको सहभागीता रहेको थियो भने उक्त चित्रकला प्रतियोगीताको निर्णायक मण्डलमा ललित कला प्रतिष्ठानका  बरिष्ठ कलाकार एवम अरनिको स्मृती प्रतिष्ठान रुपन्देहिका अध्यक्ष मन गोल्डीको संयोजकत्वमा स्वस्थ्यकर्मी ईन्द्र लामिछाने र संचार कर्मी रामु भुषाल रहनु भएको थियो । उक्त प्रतियोगीताको नतिजा संस्थाकोे वार्षिक साधारण सभा यहि माघं २८ गते प्रकाशन गरीने र सोहि कार्यक्रममा सहभागीलाई पुरस्कृत गरीने संस्थाका व्यवस्थापक बिक्ष्णु कुमार भुषालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.