Jilla Ban Notis

बर्दघाट ईनलाईटेण्ड ई.वो.स्कूलले रजत महोत्सव मनाउदै ।

रजत महोत्सव यहि फागुन ४ गते देखि ६ गते सम्म हुने ।

0 53

कृष्ण ढकाल
बर्दघाट,माघ २९
बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीमा रहेको बर्दघाट ईनलाईटेण्ड ई. वो.स्कूलले आफ्नो रजत महोत्सव विविध कार्यक्रम गरी मनाउन लागेको छ । २०५१ सालमा स्थापना भएको बर्दघाट ईनलाईटेण्ड ई. वो.स्कूलले रक्तदान,सडक नाटक, टोल सरसफाई लगाएतका सामाजिक कार्यक्रमहरु सहित विविध सांस्कृती कार्यक्रमका साथ आफ्नो रजत महोत्सव सम्पन्न गर्न लागेको विद्यालयका प्रिन्सीपल ईश्वरी प्रसाद कंडेलले बताउनु भएको छ । यहि फागुन ४ गते देखि ६ गते सम्म विद्यालयले विभिन्न कार्यक्रम गर्ने योजना अधिसारेको विद्यालयका कोओडिनेटर शिक्षक किश्वर गैरेले बताउनु भएको छ । रजत महोत्सवको तयारीका लागि बुधवार विद्यालयले आफ्ना अभिभावकहरुसंग पनि छलफल गरेको थियो । अभिभावक,विद्यार्थी र शिक्षक कर्मचारीहरुको एकता र सहकार्य भएमात्र विद्यार्थीहरुको पठनपाठनमा सहजता आउने भएकाले सबैको सल्लाह र सुझावका आधारमा अघि बढ्नका लागि आफ्ना अभिभावकहरुसंग छलफलको कार्यक्रमको आयोजना गरीएको बर्दघाट ईनलाईटेण्ड ई. वो.स्कूलका भार्ईस प्रिन्सीपल नविन पौडेलले जानकारी दिनु भएको छ । उहांका अनुसार फागुन ४ गते बर्दघाट नगरप्रमुखवाट कार्यक्रमको समुद्घाटन हुने छ भने फागुन ६ गते प्याप्सनका केन्द्रीय सदस्य सुर्वण न्यौपानेवाट समापन हुने कार्यक्रम तयगरीएको छ ।

Leave A Reply

Your email address will not be published.