Jilla Ban Notis

बर्दघाटको १ र सरावलको २ वटा संस्थागत विद्यालयमा संयुक्त विद्यार्थी संघठनद्धारा तालावन्दी ।

0 17

कृष्ण ढकाल
बर्दघाट,श्रावण –२६
कोभिड–१९ को हमामारीका कारण सरकारले विद्यालयहरु सबै बन्द गरेको अवस्थामा त्यसको उल्लङ्ग गर्दै नवलपरासीका केहि संस्थागत विद्यालयहरुले पढन–पाढन कार्य सञ्चालन गर्दैगर्दा विद्यार्थी संगठनले तालावन्दी गरेका छन । संयुक्त विद्यार्थी संघठन नवलपरासीको अनुगमन टोलिले आज अनुगमन गर्ने क्रममा सरावल गँऊपालिका को २ वटा संस्थागत विद्यालय र बर्दघाट नगरपालिकाको १ संस्थागत विद्यालयमा पढन–पाढन कार्य सञ्चालन गरेको भेटेपछि विद्यार्थी संगठनको अनुगमन टोलीले तालाबन्दि गरिएको थियो ।
कोभिड–१९ को हमामारीका कारण अहिले विद्यालयमा पढन–पाढन गराउने अवस्था नरहेको भन्दै पटक–पटक सरोकारवाला र स्थानिय सरकारको विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउने देखि मौखिक आग्रह गर्दा समेत अटेर गरेका कारण लातावन्दी गर्नु परेको अनेरास्ववियूका जिल्ला संयोजक सुशान्त शर्मा घिमिरे बताउनु भएको छ ।
आज नवलपरासीका संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा अनेरास्ववियू जिल्ला संयोजक सुशान्त शर्मा घिमिरे,सह–संयोजक विशाल गिरी,ने बि संघ जिल्ला अध्यक्ष राजन भण्डारी, सह–सचिव विकास घिमिरे, अनेरास्ववियू जिल्ला सदस्यहरु सुजन ढकाल, सन्देश न्यौपाने, सागर काफ्ले लगायतका विद्यार्थी नेताको टोलिले अनुगमन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.