Jilla Ban Notis

बर्दघाटको अस्थाई क्वारेन्टाइनमा एकरात बसेका एक पुरुषको मृत्यु ।

0 13

कृष्ण ढकाल
बर्दघाट,असार–१४
बर्दघाट नगरपालिका वडा नं. २ ले स्थापाना गरेको अस्थाई क्वारेन्टाइनमा एक रात बसेका एक जना पुरुषको आइतबार विहान मृत्यु भएको छ । भारतको मुम्बईबाट आएका वडा नम्बर २ चिसापानी निवासी उक्त ब्यक्तिलाई असार १२ गते सिधै बर्दघाट नगरपालिका वडा नम्बर २ ले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा राखिएको थियो । ४५ बर्षिया उक्त पुरुष आएर बसेको राती अर्थात शनिबार मध्य रात उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा आईतबार विहान मृत्यु भएको बर्दघाट नगगगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभएको छ । पहिल्यै देखि नै प्रेसर र प्यारलाईसिसका विरामी रहेका ती पुरुषमा कोरोना भए नभएको बारेमा भने पिसिआर परिक्षणका नगरीएको ज्ञवलीले बताउनु भयो । स्वाव संकलन नगरीएका कारण उनको मृत्युको कारण थाहा नभएकोे ज्ञवलीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.