Jilla Ban Notis

बडेरा खानेपानी तथा सरसफाइ उपभोत्ता समिती सुनवल १३ बडेराको  अध्यक्षतामा कृष्ण प्रसाद बगाले चयन

0 36

नन्दु कवर
बडेरा,मंसिर २२
बडेरा खानेपानी तथा सरसफाइ उपभोत्ता समिती सुनवल १३ बडेराको सातौ बार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किसन बहादुर गुरुंगको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रवत्ता एवम भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा खानेपानी बडेराका सुर्य प्रसाद न्यौपाने स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष किसन बहादुर गुरुंगले आर्थिक बर्ष २०७६ र ७७ को अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्न‘ भएको थियो । अध्यक्ष गुरुंगले बडेरा खानेपानी २०५६ सालमा स्थापना सुरुका दिनमा सामुहिक र सार्वजनिक धारा बाट आफनो काम सुरु गरेको यो योजना क्रमश जन चाहना अनुसार सामुहिक र सावैजनिक धारा बिस्थापन गरी हाल सात सय ४० निजी धारा बितरण गर्न सफल भएको बताउनु भएको छ ।
उहाले यस संस्थाले बिपन्न र अतिबिपन्न बस्ती भएको ठाउमा दुइ वटा सामुहिक धारा र बडेरा चोकमा एक वटा सार्वजनिक धारा रहेको जानकारी गराउनु भएको थियो । पछिल्लो समय बढदै गएको जनसंख्याको कारणले तीन सय घरधुरी र २ हजार जनसंख्यालाइ आधार मानि संचालन गरीएको यो योजना अहिले आएर झण्डै ४ हजार ५ सय जनसंख्यालाइ पानीको सुबिधा पुरयाउन समस्या परेको अध्यक्ष गुरुंगले बताउनु भयो । यतै गरी उहाले भाबि कार्ययोजनाका बिषयमा समेत जानकारी गराउनु भएको थियो । यस्तै गरी संस्थाका सचिव नरिश्वर पराजुलीले संस्थाले गरेका कार्य र परिवर्तित प्रस्तावहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाले धाराको कर सम्बन्धमा पहिले १० युनिट वा १० हजार लिटर पानीको मासिक रु ७५ रुपैया भएको र अब १० युनिट वा १० हजार लिटर पानीको मासिक रु एक सय रुपैया कायम भएको जानकारी दिनु भएको छ ।
यस्तै गरी बडेरा खानेपानी तथा सरसफाइ उपभोत्ता समिती सुनवल १३ बडेराको सातौ बार्षिक साधारण सभाले कृष्ण प्रसाद बगालेको अध्यक्षतामा १९ सदस्यिय कार्यसमिती चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा नरिश्वर पराजुली , उपाध्यक्षमा लाल प्रसाद कण्डेल, सचिवमा भुमिराज गौतम , सहसचिवमा रामपन्त अर्याल चयन हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश नम्बर ५का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरी , जिल्ला खानेपानी महासंघ पश्चिम नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठ, सुनवल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटा, साबिक रामनगर गाबिसका अध्यक्ष कृष्ण प्रसाद बगाले , खानेपानी महासंघ प्रदेश नम्बर ५ का संयोजनक थानप्रसाद गैरै लगायतले मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.