Jilla Ban Notis

‘फास्ट ट्र्याक’ बाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

0 23

बर्दघाट,बैशाख–१९
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुनुभएको छ । आज विहानमात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको थियो । राजिनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेसंगै पोखरेल पुनःमुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ वमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको विज्ञप्तीमार्फत जानकारी गराउनु भएको छ ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गर्नु भएको थियो । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलासा भएको थियो । पोखरेललाई पछि पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदैगर्दा प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्री नियुक्त गरीएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.