Jilla Ban Notis

प्रहरीद्धारा २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद

0 18

बर्दघाट,कार्तिक–२२
नवलपरासी ९पश्चिम० प्रहरीले २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । नवलपरासी जिल्लाको भारतीय सिमावर्ती एरियाबाट २ लाख ३८ हजार ९ सय मुल्य बराबरका बिभिन्न अवैध मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिन’ भएको छ ।
दिउँसो १३स्३० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अवस्थामा अन्दाजी १ लाख २ हजार १ सय मुल्य बराबरको थान कपडा, लेडिज सुट, तन्ना, लाहा छाप लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं। ७ बुलन्दपुरबाट बरामद गरेको बताईएको छ ।

उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका प्रहरीले जनाएको छ । त्यसैगरी दिउँसो १४स्३० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिव १ लाख ३६ हजार ८ सय मुल्य बराबरको थान कपडा, लेडिज सुट, तन्ना, लाहा छाप सेन्डो भेष्ट, थान कपडा, साडी, हेडफोन,किप्याड मोबाईल , बुफर, मेमोरी कार्ड, मेमोरीकार्ड लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट नै बरामद गरेको जानएको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेको प्रहरीस् जनाएको छ ।
आज बरामद सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको समेत जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिन’ भएको छ ।

Leave A Reply

Your email address will not be published.