Jilla Ban Notis

प्रर्थम सूर्य ज्योती कप–२०७७ वडा स्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा

0 34

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२०
सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीको आयोजनामा संचानल हुने प्रर्थम सूर्य ज्योती कप–२०७७ को तयारी पुरा भएको छ । भोली अर्थात चैत्र २१ गते दिउंसो २ बजेवाट शुरु हुने प्रर्थम सूर्य ज्योती कप–२०७७ वडा स्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्वर –२ को संरक्षकत्वमा संचालन हुन लागेको उक्त प्रर्थम सूर्य ज्योती कप–२०७७ मा बर्दघाट नगरका १६ वडावाट १६ टिमले प्रतिष्प्रद्र्या गर्ने भएका छन् ।

प्रतियोगितामा विजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपैया नगद,सिल,मेडल तथा प्रमाण पत्र र उप विजेता टिमलाई ३३ हजार ३ सय ३३ रुपैया नगद,सिल,मेडल र प्रमाण पत्र प्रदान गरीने आयोजक संस्था सूर्य ज्योती युवा क्लवका सचिव टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

चैत्र २१ गतेवाट शुरु हुने प्रर्थम सूर्य ज्योती कप–२०७७ वडा स्तरीय फुटबल प्रतियोगिता बर्दघाट–२ चिसापनीमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पस अगाडीको खेल मैदानमा हुने छ ।

चिसापानी क्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको सूर्य ज्योती युवा क्लव २०३४ साल देखि फुटबल खेल तथा प्रतियोगितामा जिल्लामा नै आफ्नो पहिचान बनाउन सफल रहेको नमुना क्लवका रुपमा परिचत रहेको छ ।

Leave A Reply

Your email address will not be published.